arrow

एक सय ७ वटा ३५ लाख बराबरका मोबाइल बरामद 

logo
प्रकाशित २०७६ माघ २ बिहिबार

काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।
 
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए । 

“चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ”, उनले भने । ती फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ