arrow

लाख प्रयासपछि पनि छोरालाई बचाउन सकेनन् कबीर बेदीले, 'सुसाइड नोट' पढेपछि परे छक्क

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
kabirbedi-son.jpg

काठमाडौं । सम्भवतः संसारका कुनै बुबा आफ्ना छोराको शव बोक्न चाहँदैनन्। उसको मृत्यु चहादैनन् । तर अभिनेता कबीर बेदीले आफुलाई उठाउने मान्छे गुमाए । उनले आफ्नो छोरालाई आत्महत्या गर्नबाट रोक्न सकेनन् । बुधबार कबीर बेदीको जन्मदिन हो।

कबीरका छोरा सिद्धार्थले २६ बर्षको उमेरमा आत्महत्या गरेका थिए । घटनाले कबीर को मन चक्नाचुर भयो । उनले एक अन्तर्वार्तामा यस कुराको खुलासा गरेका छन्। कबीरले आफुलाई छोरोले आत्महत्या गर्दैछ भन्ने कुरा थाहा भएको बताए तर उनले लाखौं प्रयास गरे पनि आफ्नो छोरालाई बचाउन सकिन भनेका छन् ।

उनले भने,' मेरो छोराले आइटीमा अनर्स डिग्री गरेको थियो । त्यसपछि मास्टर डिग्री हासिल गर्न उत्तर क्यालिफोर्निया विश्वविद्यालय गए। यहाँ उसको जीवन परिवर्तन भयो। अध्ययनको क्रममा उनी डिप्रेसनमा थिए, डिप्रेसन बढ्यो र उनी सिजोफ्रेनिया जस्तो गम्भीर रोगबाट ग्रसित भए।'

बाबु कबीरले आफ्नो छोराको उपचार गरे तर औषधिले उनलाई अझ उदासिन बनायो। उनले आफ्नो छोराको दिनैपछि सकरात्मक बनाउने कोसिस गरे तर उनको रोगअझ गम्भीर रूप लिएको थियो। उनी आफैंले आफ्नो रोगको बारेमा खोजी गरे। उनले बुझे कि यस रोगको गम्भीर परिणाम हुनेछ।

कबीर भन्छन्,'  एक दिन उसले मलाई भने उनी आत्महत्या गर्ने सोचमा छन् । यो सुनेर म छक्क परे। मैले बुझें कि अब मैले ठूला कदमहरू चाल्नुपर्छ र म यस प्रयासमा संलग्न भएँ। उनलाई खान मन पर्दैन थियो, टिभी पनि उनलाई बोर लाग्थ्यो । उनी जागिर पनि गर्न चाहँदैन थिए ।'

मेरी श्रीमती निक्की र छोरा आदमले पनि उनको धेरै हेरचाह गर्थे। एक दिन जब मैले उनको ईमेल जाँच गरे, म स्तब्ध भएँ, यो मेल उनका साथीहरूका लागि थियो, जसमा लेखिएको थियो- 'मेरो मृत्युमा विदाई दिन आउनु।' म डराएँ र त्यसपछि मैले लस एन्जलसबाट उपचार टोली बोलाएँ।

कबीरले सोचे छोराले सायद सबैलाई मूर्ख बनाइरहेका थिए तर केही दिनपछि उनले आत्महत्या गरे । उनले एउटा पत्र छोडेका थिए जसमा लेखिएको थियो - 'म अर्को तर्फ जाँदैछु बुबा।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ