arrow

यी ९ प्रकारका मानिससँग लिनुहुन्न दुश्मनी

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
ramcharitmanas1.jpg

काठमाडौं ।  रामचरितमानसको अरण्यकाण्डमा रावण र मारीचको प्रसंग उल्लेख गरिएको छ। गोस्वामी तुलसीदासले सो प्रसंगमा ९ प्रकारका मानिसहरुसँग दुश्मनी गर्न नहुने बताएका छन् । यस्ता व्यक्तिको कुरा तुरुन्त मान्नु नै बुद्धिमानी हुने उनले सम्झाएका छन् ।  नत्र समस्यामा फस्न सकिनेछ ।

सो प्रसंगमा गोस्वामी तुलसीदासले भनेका छन्,' नचाहदा नचाहदै पनि मारीचले रावणको कुरा मान्नु पर्यो । रावणको आग्रहपछि स्वर्ण मृग बन्नु पर्यो जबकि मारीचलाई थाहा थियो उनलाई श्रीरामले मार्ने छन् ।'

सीतालाई हरण गर्नको लागि रावण मारीच भएको ठाँउमा पुगे । तब उनले भने,' तिमी छल-कपट गर्ने स्वर्ण मृग बन, ताकि म सीतालाई हरण गर्न सकु ।' मारीचले रावणलाई सम्झाए, 'तिमी श्रीरामसँग दुश्मनी नमोल।'

मारीचको कुरा सुनेर रावण क्रोधित हुदै आफ्नै बल र शक्तिको घमण्ड गर्न थाले । तब  मारीचले बुझे कि सीता हरण गर्नको लागि रावणको मद्दत गर्नुमै भलाई छ । रावणको हातबाट मारिनुभन्दा श्रीरामको हातबाट मर्नु ठिक हुनेछ र  जसबाट आफ्‍नो उद्धार हुनेछ ।

तब मारीच हृदयँ अनुमाना। नवहि बिरोधें नहिं कल्याना।।
सस्त्री मर्मी प्रभु सठ धनी। बैद बंदि कबि भानस गुनी।।

श्लोकमा मारीचको सोच बताईएको छ ।  कि हामीले कस्ता मानिसहरुको कुरा तुरुन्तै मान्‍नु पर्छ । अन्यथा प्राण संकटमा पर्न सक्छ । यस दोहका अनुसार शस्त्रधारी, हाम्रो रहस्य जान्ने , समर्थ स्वामी, मूर्ख, धनवान व्यक्ति, वैद्य, भाट, कवि र क्रोधी यी मानिसहरुको कुरा तुरुन्त मान्नु पर्छ ।  यीनिहरुको कहिले विरोध गर्न हुन्न  । अन्यथा प्राण संकटमा पर्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ