arrow

पेरु विजयी, पाराग्वेको झिनो हार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1124901686.jpeg

एजेन्सी । विश्वकप फुटबल छनोटमा पेरु विजयी भएको छ । शनिबार भएको खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै पेरुले छनोट खेलमा पहिलो जित दर्ता गरेको हो । दक्षिण अमेरिकी (कोन्काकाफ) छनोटको तेस्रो चरण अन्तर्गत यी दुईबीच भिडन्त भएको हो ।

पेरुलाई विजयी गराउन जेफर्सन फारफनले २०औं मिनेटमा निर्णायक गोल गरे । पेरुले पाराग्वेलाई पुरै समय दबाबमा राख्यो । पाराग्वेले थुप्रै अवसर खेर फाल्यो । जितेको पेरुको बल्ल ३ अंक भएको छ भने ४ अंकको पाराग्वे गोल अन्तरका आधारमा ब्राजिल पछि पाँचौ स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ