arrow

काठमाडौं विश्वविद्यालय व्यवस्थापन र कर्मचारीको लडाईमा विद्यार्थीहरु मर्कामा

अर्थशास्त्र, संचार अध्य्यन र सामुदायिक बिकासका परिक्षा रद्द, स्कूल अफ लको परिक्षा स्थगित गराउन कर्मचारीको दवाव

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
kathmandu-university.jpg

काठमाडौं। काठमाडौं विश्वविद्यालयमा कर्मचारीको जारि आन्दोलनले विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ। विश्वविद्यालय व्यवस्थापनसँग असन्तुष्ट कर्मचारी संगठनले आन्दोलन गरिरहेको छ।

उक्त आन्दोलन चलिरहेकाले स्नातक तहको अन्तिम सेमेस्टरको परिक्षाहरु स्थगित भएका छन्। विश्वविद्यालयले जनवरी १७, २०२० देखि हुने अर्थशास्त्र, संचार अध्य्यन र सामुदायिक बिकासका परिक्षाहरु अर्को सुचना प्रकाशित नहुन्जेलका लागि रद्द गरिएको व्यहोराको सुचना जनवरी १६, २०२० मा प्रकासित गरेको थियो।

काठमाडौं विश्वविद्यालय कर्मचारी संगठनले फेसबुकमा उक्त सुचना पोष्ट गर्दै स्कुल अफ लको परिक्षा पनि स्थगित गर्नु पर्ने नत्र भौतिक तथा अन्य क्षति हुनसक्ने धम्कीपुर्ण पोष्ट गरेको छ। यसरी कर्मचारी संगठन धम्कीमा उत्रिदा पनि विश्वविद्यालय व्यवस्थापन मुकदर्शक भएको विद्यार्थीहरुको आरोप रहेको छ। परिक्षाको तयारीमा रहेका विद्यार्थीहरु कर्मचारीको धम्कीपछि डीन कार्यालयमा पुगेका छन्। 

विश्वविद्यालय व्यवस्थापन र कर्मचारी संगठनको तनावले विद्यार्थीको भविष्य अन्धकार पार्न पाईन्न भन्ने आवाज विद्यार्थीहरुले उठाएका छन्। अन्तिम सेमेस्टरको परिक्षा स्थगन हुँदा विद्यार्थीहरु मर्कामा परेका छन्। उतिर्ण भएपछि खूल्ने संभावनाका ढोकाहरुसम्म पनि नपुग्ने स्थिती आउनेछ। स्कूल अफ लको विद्यार्थीहरु आफूहरुको परिक्षा स्थगित भए बार काउन्सिलको परिक्षामा भाग लिन नपाउने चिन्तामा पनि रहेका छन् । 

परिक्षामा हुने ढिलाईले लगभग १ बर्ष खेर जाने डर विद्यार्थीहरुमा परेको छ। विश्वविद्यालय व्यवस्थापन र कर्मचारीको समस्याको मार विद्यार्थीलाई पर्ने निश्चित जस्तो देखिएको छ।

काठमाडौं विश्वविद्यालयका पदाधिकारीबाट विगतमा भएको सम्झौता कार्यान्वयन नगरिएको भन्दै विश्वविद्यालय मातहतका प्राध्यापकले आन्दोलन अघि बढाएका छन् । उनीहरूले आन्दोलन स्वरूप विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन कार्यालयलगायत अनिश्चितकालीन तालाबन्दी गरेका छन् भने विश्वविद्यालय मातहत रहेका सात स्कुल बन्द गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ