arrow

दक्षिण कोरियामा काम गर्ने पाँचथरका राई र तनहुँका रानाको मृत्यु

बङ्गुर फार्ममा काम गर्ने राईले आत्महत्या गरे, रानाले दुर्घटनामा ज्यान गुमाए

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
South-Korea.jpg

सोल ।  रोजगारीका लागि आएका दुई नेपाली युवाको  छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।

दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरेका छन् । भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै  मृत फेला परेका थिए ।  अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए ।

घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तनहुँका  रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको संगै कार्यरत नेपालीले बताएका छन् ।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ