arrow

गुल्मीमा स्ववियू चुनावका लागि नेविसंघको तयारी सुरु

logo
सुर्य प्रसाद खनाल,
प्रकाशित २०७६ माघ ४ शनिबार
NSU_NEW_Flag.jpeg

गुल्मी। नेपाल विद्यार्थी संघ गुल्मीले स्ववियूको चुनावका लागि तयारी स्वरुप जिल्ला स्तरीय बैठक सम्पन्न गरेको छ। नेपाल विद्यार्थी संघ गुल्मीका कार्यबाहक सभापति रामजी पन्थीको संयोजकत्वमा सम्पन्न बैठकमा स्ववियूको तयारीका लागि पालिका स्तरिय प्रतिनिधि समेत तोकिएको छ।

रेसुङ्गा नगरपालिकाको जिम्मा उपसभापति तोमलाल पन्थीले लिएका छन भने चन्द्रकोट गाउँपालिकाको जिम्मा सचिव सिजन रानाले लिएका छन्। रुरु गाउँपालिकाको जिम्मा जिल्ला सदस्य दिपक कुँवर ,सन्तोष भण्डारी र बाबुराम कँडेलले प्राप्त गरेका छन्। 

धुर्कोटमा उपसभापति कमल पोख्रेल र मुसिकोट नगरपालिकामा सह सचिव विष्णु आर्चाय चकितले प्रतिनिधित्व गर्ने गरि प्रतिनिधि चयन गरिएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति रामजी पन्थीले बताएका छन। देशभर नेविसंघको स्थिती नाजुक भइरहेको बेला गुल्मीमा नेविसंघले स्ववियू जित्ने आधार के छ रु पत्रकारको जिज्ञासामा सभापति रामजीले भने, “नेकपाका स्थानिय सरकारले गरेको भ्रष्ट्राचार, ब्रह्मलुट, कर्मचारी नियुक्तीमा घुसपैठ देखि लिएर तमाम अनियमितताको प्रमाण हामि संग छन, हामि चुनावमा जादाँ यिनीहरुको पर्दाफास गर्दै हिड्छौं।

तर अन्य विद्यार्थी संगठन भने यस्ता अनियमितताको सम्बन्धमा बोल्ने हैन संरक्षण गर्दै आएका छन। अव हामि यहि कुरा विद्यार्थी माझ पुर्‍याउन सक्यौ भने जित सुनिश्चत छ। ” यदि यो स्ववियू चुनाव नेविसंघले जितेन भने गुल्मीमा भ्रष्टाचारको विरुद्धमा, कर्मचारी नियुक्तिको घुस पैठको विरुद्धमा, कलेजले विद्यार्थीलाई प्रदान गर्ने छात्रवृद्धिको अनियमितता तथा अन्यायको सम्बन्धमा ठाडो अस्किार र विरोध गर्ने आधिकारीक तवरबाट नेविसंघ पछि हट्नु पर्ने छ।

जसका कारण गुल्मी अनियमितता र विद्यार्थी अधिकार हननको उदाहरण बन्ने पक्का छ। त्यस कारण पनि स्ववियू चुनाव नेविसंघले जसरी पनि जित्नु पर्ने धारणा सभापति रामजीले ब्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ