arrow

बागलुङ काँग्रेस संगठन सुदृढिकरण अभियानमा

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
Congresh-baglung-campaign.gif

बागलुङ। नेपाली कांग्रेस बागलुङले जिल्लाका सवै स्थानिय तहमा आफ्नो संगठन विस्तार तथा सुदृढिकरण अभियान संचालन गरेको छ। अभियानकै क्रममा शनिबार बागलुङ नगरपालिका–२ को आयोजनामा बागलुङ बजारमा कार्यकताविच अन्तरक्रिया संगठन विस्तार र सुदृढिकरणका विषयमा छलफल गरिएको हो।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले पार्टीको संगठन विस्तारका लागि गाउँ गाउँ र टोलटोलबाट जुट्नका लागि कार्यकर्तालाई आग्रह गरेका थिए । उनले पार्टीलाई मजबुत बनाउने काम तल्लो तहदेखी नै हुने हुँदा गाउँ र नगरमा नै संगठन बलियो नभए माथिल्लो तहको संगठन बलियो हुन नसक्ने बताएका थिए । 

कार्यक्रममा पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, संविधान सभा सदस्य एवं निवर्तमान पार्टी सभापति प्रकाश शर्मा पौडेलले पार्टीलाई सृदृढिकरण र संगठन विस्तारका लागि सवै एकजुट हुनुपर्ने बताएका थिए  । 

कार्यक्रममा काँग्रेस जिल्ला कोषाध्यक्ष उमेश गौतम, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, कल्पना हमाल पाठक, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, नेविसंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए । 

कार्यक्रमको विषयबस्तुका बारेमा क्षेत्रीय सचिव विकास पौडेलले जानकारी गराएका थिए । कार्यक्रम काँग्रेसका वडा सभापति सुरेन्द्र बोसेलको अध्यक्षता, नगर सभापति महेन्द्र आचार्यको स्वागत र सचिव गणेश लम्सालको संचालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ