arrow

बाह्रविसेमा निषेधाज्ञा

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
Barhabise_Nagarpalika.png

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ । स्थिति नियन्त्रणमा ल्यनउनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो । 

बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले प्रतिरोध गर्दा निषेधाज्ञा जारी गरिएको हो । बिहान ८ देखि साँझ ५ बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्मका लागि पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी आदेश जारी गरिएको छ ।

बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरिएको हो । स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी  तोडफोड गरेका थिए ।


आइतबार पनि हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ