arrow

धरानका पूर्व मेयर ध्यानबहादुर राईको निधन

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
dhayan2.jpg

धरान । तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहेका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताए ।

प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा थिए । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो ।

उनी विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ