arrow

रणबीर- कट्रिना सम्बन्धमा दोषी को ?

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
ranbirkatrinabreakup.jpg.jpeg
एजेन्सी । रणबीर- कट्रिना सम्बन्धमा दोषी को हुन सक्छ ? यस बर्षको सुरूवातसँगै  कट्रिना र रणबीरको ब्रेकअपको समचारले खुबै चर्चा पाउने गरेको छ । दुई बिचको ब्रेकअप वारे मिडियामा बिभिन्न खालका अडकल बाजी पनि काट्ने गरेको पाइन्छ । तर ब्रेकअपको बिषयमा   कट्रिना र रणबीरले सार्वजनिक रुपमै कुनै अभिव्याक्ती भने दिएका छैनन् ।
 
टाइम्स अफ इन्डियाका अनुसार आरती शेट्टीकोको  बर्थडे पार्टीमा  रणबीर र कट्रिना दुबै उपस्थित थिए ।  पार्टीमा  कट्रिनाले रणबीरसँग कुरा गर्ने धेरै प्रयास गरिन् । तर रणबीरले कट्रिनालाई कुनै रेस्पोन्स गरेनन् । कट्रिना कुराकानीको माध्यमवाट दुई विचको मतभेद सुलझाएर सम्बन्धलाई अगाडि बढाउने कोशिशमा रहेकी छिन् । तर साथिहरुको अगाडि  रणबीरले रेस्पोन्स नगरेपछि कट्रिनाको आखा रसाएको थियो ।
 
आरती शेट्टीकोको  बर्थडे पार्टी पछि पनि कट्रिना र रणबीर दुबै एक पार्टीमा देखिएका थिए । त्यो पार्टी कट्रिना कपूर ख़ान र सेफ अली ख़ानले आयोजना थिए । डीएनए डट कमका अनुसार  कट्रिनालाई थाहा थियो कि यस पार्टीमा  रणबीरलाई बोलाइएको छ भनेर । रिपोर्टका अनुसार कट्रिना यस पार्टीमा पनि रणबीरसँग कुरा गर्ने धेरै प्रयास गरिन् तर सफल भइनन् ।  रणबीरले कट्रिनासँग संवाद गर्ने  माध्यम समाप्त पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ