arrow

नेतृत्व प्रति फैलाएको भ्रमको नेकपाद्वारा खण्डन, अभियानबाट अतालिएकाहरुको कु-प्रचार

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
press2.jpg

काठमाडौं ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी निकट जनपत्रकार संगठन,नेपाल र त्यसको नेतृत्व विरुद्व अनावश्यक भ्रम र  प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं संगठनका फ्रयाक्सन ईन्चार्ज अनिल शर्मा विरहीले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठन र त्यसको नेतृत्वले खेल्दै आएको प्रभावकारी भूमिकाबाट अताल्लिएका विरोधीले अनावश्यक भ्रम सिर्जना गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,'लामो समयदेखि जनपत्रकार संगठन,नेपाल र त्यसको नेतृत्वले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, त्यसबाट अताल्लिएका  पार्टी बिरोधी     तत्वहरूले पार्टी, जनपत्रकार संगठन,नेपाल र नेतृत्व विरुद्व दुरासयपूर्ण भ्रम र अफवाह श्रृजना गरिरहेका छन् ।'

ईन्चार्ज विरहीले त्यस्ता भ्रम र‌ अफवाहमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । पछिल्ला समय दर्ता समेतको नभएको अनलाईन प्रयोग गरेर संगठनका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट र केन्द्रीय सदस्य अोम हमालका विरूद्ध समाचार लेखाउने र नेपाल कम्युनिष्ट पार्टीलाई जोडेर कपोलकल्पित समाचार प्रकाशित भएपछि पार्टीले खण्डन गरेको हो ।

चरित्र हत्या गर्ने गरि समाचार लेख्ने अनलाईनविरुद्द अध्यक्ष डुम्रे र महासचिव विष्टले ऊजुरी समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ