arrow

अरुण बुढाथोकीको निधन, देउवा दु:खी

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य केशवकुमार बुढाथोकीको भाईको निधन भएको छ ।

झापा मेचीनगर नगरपालिका निवासी नेपाली कांग्रेसका पूर्व क्षेत्रीय प्रतिनिधि रहेका अरुण बुढाथोकीको गत माघ ५ गते निधन भएको हो ।

६१ वर्षीय बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। साथै, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ