arrow

सन् २०२० मा आउदैछ इबोला भाइरसको खोप

ज्यान बचाउन सफल महत्वपूर्ण उपचार

logo
एजेन्सी,
प्रकाशित २०७६ माघ ८ बुधबार
vaccine-ebola-virus.jpg

काठमाडौं। प्रविधि तथा नयाँ खोजले चिकित्सा क्षेत्र अहिले निकै महत्वपूर्ण बन्दै गएको छ। अहिले निकै जटिलभन्दा पनि जटिल मानिएका समस्या तथा रोगको उपचार सम्भव भएको छ। त्यसका लागि विभिन्न किसिमका प्रविधि विकास भइसकेका छन्। साथै, रोगको उपचारको लागि लाग्ने समय पनि निकै कम भइसकेको छ। कुनै पनि रोगको उपचार पनि सहज किसिमले धेरै साइड इफेक्ट नहुने गरी पाउने व्यवस्थाको विकास भइसकेको छ।

उपचारको पद्धतिमा धेरै सुधार आइसकेको भए पनि मानिसको जीवनशैलीको कारण रोगले पछ्याउन भने छाडेको छैन। दिनानुदिन विभिन्न किसिमको रोगहरु जन्मिँदै गएका छन्। यस्तोमा पछिल्लो दशकमा आएका केही उपचार पद्धतिले धेरै मानिसको ज्यान बताएको छ भने धेरैलाई विभिन्न किसिमको रोग लाग्नबाट बचाएको पनि छ। यो दशकमा धेरै किसिमको रोगहरू निस्किए र त्यसको उपचारको पनि खोजी भएका छन्। 

यो क्रममा चिकित्सा क्षेत्रमा निकै उतारचढाव आएका छन्। तर यो क्रममा प्राणघातक मानिएको एचआईभी-एड्सको उपचार भने पत्ता लागेको छैन। अहिलेसम्म यो रोग लागेपछि मानिसको आयु केही समय बढाउने औषधिको भने विकास भइसकेको छ। यहाँ आगामी दशकमा पनि व्यापक मात्रामा प्रयोग हुने र पछिल्लो दशकमा विकास भएका केही चिकित्सा क्षेत्रको प्रविधिको उल्लेख गरिएको छ– 

१. सेल थेरापी
धेरैलाई थाहा भएको कुरा हो क्यान्सर एक प्राणघातक रोग हो। यो रोग शुरूमै थाहा पाउन सकिएन भने निको हुँदैन। त्यसैले वैज्ञानिकहरूले क्यान्सर पीडितको शरीरबाट रगत निकालेर त्यसमा क्यान्सरसँग लड्नसक्ने कोष राखेर पुनः बिरामीको शरीरमा पठाउनसक्ने प्रविधिको विकास गरेका छन्। यो प्रविधिलाई कार–टी प्रविधि भनिन्छ। 
त्यसका लागि अमेरिकाको खाद्य तथा औषधि मन्त्रालयले सन् २०१७ मा दुई औषधिलाई अनुमति पनि दिएको थियो। उक्त दुई औषधिको नाम एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया र यस्कार्डा रहेको छ।

तर, यो प्रविधिको प्रयोगमा धेरै किसिमको अवरोध छन्। जसमध्येको एक मूल्य हो। यो औषधि खरीदको लागि हजारौं डलर खर्चनुपर्ने हुन्छ। त्यसका साथै यो प्रविधिको विषयमा केही तार्किक कमजोरी देखिएको छ। यो प्रविधि अनुसार शरीरबाट रगत निकालेपछि उक्त कोष बनाउन एक महिनासम्म लाग्न सक्छ। यस्तोमा बिरामिको अवस्था झन् खराब भइसकेको हुन्छ। तर, यस किसिमको कोष निर्माण गर्ने कम्पनीले पनि सुधार गर्दै लगेका छन्। यी कम्पनीहरुले स्वस्थ मानिसको टी कोषबाट कोष बनाएर धेरै बिरामिलाई प्रदान गरिसकेका छन्। अबको दश वर्षमा यो प्रविधिमा व्यापक सुधार आउने अपेक्षा गर्न सकिन्छ।

यसबाट क्यान्सर पीडित धेरे बिरामिलाई राहत हुनेछ। विशेषगरी यसले कुनै पनि रोगसँग लड्नसक्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि सहयोग गर्नेछ। त्यसका साथै यो प्रविधिलाई अन्य केही प्रणालीले पनि सहयोग गर्नेछन्।

२. क्रिस्पर-कास
यो प्रविधि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। यो प्रविधिको प्रयोग गरेर मानिसको शरीरमा रहेको डीएनए परिवर्तन गर्न सकिन्छ। वैज्ञानिकहरुले ब्याक्टेरियाको प्रतिरक्षा क्षमताको विषयमा अनुसन्धान गर्ने क्रममा यो कुरा पत्ता लगाएका थिए।
वैज्ञानिकहरुले यो प्रविधिमा निकै जोखिम रहेको कुरा पनि पत्ता लगाएका छन्। त्यसका साथै यसमा अध्यात्मिक विचारधारासँग पनि विवाद देखिँदै आएको छ। चीनका वैज्ञानिकहरुले भने यसको प्रयोग गरी बच्चा पनि जन्माइसकेको दाबी गरेका छन्। साथै अमेरिकामा पनि वंशाणुगत समस्या रहेका बिरामिको यो प्रविधिको प्रयोग गरी उपचार गराइएको थियो। यस किसिमको प्रविधिले मानिसलाई नयाँ जीवन दिनसक्ने डक्टरहरुले बताएका छन्। 

हेपाटाइटिस सीको उपचार 
१० वर्षभन्दा लामो अनुसन्धानपछि वैज्ञानिकहरुले हेपाटाइटिस सीको राम्रो उपचार पत्ता लगाएका छन्। कलेजोको यो रोगबाट ४० लाख अमेरिकी बच्नसक्ने बताइएको छ। सन् २०१७ मा अमेरिकाले यो उपचारको लागि अनुमति दिएको हो। यो प्रविधिको प्रयोग गरी आठ सातामा रोग निको पार्न सकिन्छ। यसअघिको प्रयोग गरिँदै आएको औषधिमा निकै साइड इफेक्ट देखिने गरेको र समय पनि धेरै लाग्ने र निको हुने वा नहुने पनि निश्चित हुँदैनथ्यो। तर, सबै समस्याको समाधान यो औषधिले गर्ने विश्वास लिइएको छ। 

हेपाटाइटिस सीको लागि सबैभन्दा पहिले सन् २०१३ मा औषधिको लागि अनुमति दिइएको थियो। त्यतिबेला यसको लागि १२ साता आवश्यक हुन्थ्यो। यसले ९० प्रतिशत बिरामिलाई काम गरेको थियो। तर, यसको समस्या मूल्य नै हो। यो औषधि अत्यधिक महँगो थि। अहिले अन्य प्रतिस्पर्धीहरु आएसँगै मूल्यमा पनि क्रमशः कमी आउँदै गएको छ। 

एचआईभी प्रतिरोधक औषधि 
अहिलेसम्म एचआईभी भाइरसको कुनै किसिमको उपचार पत्ता लागेको छैन। तर, पछिल्लो दशकमा मएचआईभी रोकथाम तथा प्रभाव कम गर्नसक्ने केही महत्वपूर्ण उपलब्धि हासिल भएका छन्। सन् २०१२ मा पहिलोपटक एचआईभीको संक्रमण रोक्न केही हदसम्म सहयोग गर्ने औषधि पत्ता लागेको थियो। दैनिकरुपमा लिन सकिने यो औषधिले एचआईभी संक्रमण हुने जोखिम कम गर्ने गरेको छ। अन्य केही महत्वपूर्ण चरण भए पनि ट्रुभाडा सबैभन्दा प्रभावकारी औषधि हो। समयसँगै यसको मूल्य पनि घट्दै गएको छ। यो औषधि निःशुल्क वितरण गर्ने योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारिसकेका छन्। 

इबोला खोप
सन् २०१९ को नोभेम्बरमा यूरोपेली नियामकले अन्ततः इबोला खोपलाई अनुमति दिएको छ। यो अनुमतिसँगै अब उक्त खोप अफ्रिकालगायतका क्षेत्रमा वितरण गर्न सकिन्छ। इबोला भाइरसले अहिलेसम्म कंगोमा मात्र २ हजारभन्दा बढीको ज्यान गइसकेको छ। तर, यो खोपको व्यावसायिक उत्पादन भने सन् २०२० को तेस्रो त्रैमासबाट मात्र हुने बताइएको छ। त्यसका लागि अनुमति पाएको कम्पनीले विभिन्न क्षेत्रसँग सहकार्य गरेर काम शुरू गरिसकेको छ।

माथि उल्लेख गरिएका चिकित्सा क्षेत्रको महत्वपूर्ण चरणले यो क्षेत्रको विकासक्रमलाई पनि देखाउँछ। पछिल्लो १० वर्षमा यो क्षेत्रले व्यापक सुधार हासिल गरेको छ। अबको १० वर्षमा पुनः चिकित्सा क्षेत्रमा अझै महत्वपूर्ण उपचार पद्धति हासिल हुने अपेक्षा छ। त्यसो त अन्य क्षेत्रमा पनि व्यापक मात्रामा सुधार हासिल भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ