arrow

महिलाले खेदाएको भालु दिपकमाथि झम्टियो, लखेटी लखेटी टोक्यो

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ माघ ९ बिहिबार
bear-attacki.jpg

बाजुरा । बुढिगंगा नगरपालिका ९ माथिल्लो कभ्रितोलाका दिपक बहादुर शाह भालुको आक्रमणमा परी शख्त घाईते भएका छन् । बुधवार दिउसो आफ्नै खेतबारी नजिकै दाउरा लिन जाने क्रममा भालुको आक्रमणमा परेको बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य एवं प्रबक्ता माया शाहले जानकारी दिएकी छन्।

 जुमलाकाफल ओखल तोला भन्ने ठाउँमा दाउरा चिर्न जानेक्रममा दिपक शाह घाईते भएका हुन् । उनको टाउको पिठ्युँ  हात खुट्टा लगाय शरिरका बिभिन्न अंगमा घाउ लगाएको  छ। “म दाउरा लिन हिडिरहेको थिए एक्कासी भालु माथिबाट टाउकोमा झम्टेको थाहै पाइँन म भाग्दै थिए लखेटी लखेटी घाईते वनायो म ब्यहोस भएर लडें त्यसपछि कसले उठाएर ल्याए, वयालपाटा अस्पताल पुगेपछि होस खुलयो घाईते दिपकले भने। ” घाईको उचारका लागि वयालपाटा अस्पताल पठाइएको थियो ।

 टाउकोको सिटिस्क्यान गर्नृपर्ने भएपछि थप उपचारका लागि कोहलपुर पठाएको प्रबक्ता शाहले बताए । बुधवार दिउसो बानियाँगणा भन्ने ठाउमा  स्याउला ( रुखवाट झरेका सुखा पात ) लिन जानेक्रममा राजमती वानयिँलाई भालुले झम्टेको थियो । राजमतीले भने पिठ्युमा बोकेको डोको भालुले लुछ्दा आफु बचेकी हुं हामी १०-१२ जनी स्याउलारीको जमात हुंदा हकाउदा भालु भगेको थियो । त्यसको लगत्तै दिपक शाहलाई आक्रमण गरेछ राजमतीले भनिन् ।

 “जंगली जनावरको आक्रमणमा परी घाईतेलाई उपचार खर्च दिने कानुनी ब्यबस्था रहेको तर फोटो सहित प्रहरी प्रशासनको मुचुल्का सिफारिस सहित डिभिजन वन कार्यालयमा ३५ दिन भित्र निवेदन दिनु पर्छ ।” डिभिजन वनकार्यालय बाजुराका प्रमुख भिमप्रसाद कंडेलले जानकारी दिए ।

“सामान्य घाईतेलाई २०हजार रुपैंया अंगभंग भए दुईलाख रुपैंया र जंगली जनावरको आक्रमणमा परि मृत्यु भए १० लाख रुपैंया वरावर क्षेतीपूर्र्ती दिन मिल्छ । त्यसैगरी बालीनाली मासेवापत १० हजार क्षेतीपूर्ती दिन मिल्ने कानुनी ब्यबस्था छ । ” डिभिजन वन कार्यालय बाजुराका प्रमुख कंडेलले बताए  । तर चोरी सिकारी गर्नेक्रममा घाईते वा मृत्यु भएमा भने यो नियम लागू नहुन सक्छ कंडेलले भने।

बाजुराको साविकको बाह्रविस गाविस नजिकको जंगलमा वर्सौनी जंगलीजनावर भालुको आक्रमणमा परी बर्षेनी  दर्जनौ मानिसले घाईते हुनुपरेको छ। भने भालु आक्रमणकै कारण कयौंले  ज्यानपनि गुमाईकेका छन् ।  गाउँघर नजिकै कुहीरीको झाड अनि घनाझाडी र ओडार बढि हुँदा भालुको बास्थानपनि बढि हुने गरेको र मेलापात जानेक्रममा मानिसहरु भालुआक्रमणमा बढि परेको  स्थानीयले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ