arrow

महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

logo
सिन्हवा,
प्रकाशित २०७६ माघ ९ बिहिबार
lunar-china-new-year.jpg

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिनियाँ नववर्षको शुभकामना दिएका छन्। उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्र संघलाई सहयोग पुर्‍याएकोमा धन्यवादसमेत दिएका छन्। एक भिडियो सन्देशमा गुटर्रेसले आफ्नो बधाई सन्देशको शुरुवातमा चिनियाँ भाषामा ‘चुन जी कुई ले’ (नयाँ वर्षको शुभकामना) भनेका छन्। सन् २०२० मा संयुक्त राष्ट्रको स्थापनाको ७५ औं वार्षिकोत्सव र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूको लागि एक दशकको कार्ययोजनाका रूपमा मनाउन उनले जोड दिएका छन्।

‘अहिलेको विश्व विभाजनको यस समयमा हामीले विश्वव्यापी चुनौतिहरुको समाधान खोज्न र सबैका लागि राम्रो भविष्य निर्माण गर्न सँगै मिलेर काम गर्नुपर्दछ,’ गुटर्रेसले आग्रह गरेका छन्। उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्रसंघ र बहुपक्षीय समर्थनको लागि धन्यवाद दिनु भएको र चिनियाँ समुदायलाई राम्रो स्वास्थ्य, खुशी र सफलताको कामना पनि गरेका छन्।

चिनियाँ नयाँ वर्ष यस वर्षको २५ जनवरीमा पर्दछ। नयाँ वर्ष चिनियाँ नागरिकको सबैभन्दा महत्वपूर्ण चाडको रुपमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ