arrow

मनाङे समात्न पक्राउ पूर्जीको पर्खाइ

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
dipak-manage.jpeg

पोखरा ।  गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषयलाई लिएर अध्यक्ष गुरुङले कास्की प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

अध्यक्ष गुरुङले सांसद मनाङेले कुटपिट गरेको भन्दै कास्की प्रहरीमा उजुरी दर्ता गरेका हुन् । प्रहरीले सांसद मनाङेविरुद्ध पक्राउ पूर्जी जारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएको छ ।

पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा बोलाइएका मनाङेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई  झापड हानेका थिए।

बुधबार पत्रकार पत्रकार सम्मेलनमा मनाङेले  गुरुङलाई झापड हानेर ठिक गरेको बताए ।

सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए। अध्यक्ष गुरुङका अनुसार मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले हानेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ