arrow

यसकारण भारतले जम्मू–कश्मीरमा तेस्रो पक्षको जरुरी नभएको बतायो

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
raveesh-kumar-speaker-india.jpg

काठमाडौं । भारतले फेरि एकपटक जम्मू–कश्मीर विवाद समाधानका लागि तेस्रो पक्षको जरुरी नभएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले कश्मीरको हालतलाई चिन्ताजनक बनाउने पाकिस्तानको कोशिश विफल भएको बताए । 

वैश्विक समुदाय पाकिस्तानको भूमिकालाई लिएर सशंकीत छ । पाकिस्तानले दोहोरो रवैया देखाएको पनि बुझ्न सकिन्छ । 

कुमारले एक पटक फेरि स्पष्ट गर्दै कश्मीरमा कुनै तेस्रो पक्षले हात हाल्ने जरुरी नभएको बताए । यो भारत र पाकिस्तानको मामला भएको पनि उनले स्पष्ट पारे । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि जम्मू–कश्मीरको मुद्दा उठाउन खोजेपछि कुमारले यसलाई पनि स्पष्ट पारेका हुन् । 

स्वीट्जारल्याण्डको डावोसमा आयोजित वल्ड इकोनोमिक फोरममा मंगलबार ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानका अगाडि अमेरिकाले कश्मीर मुद्दालाई नजिकबाट नियालिरहेको र समाधानका लागि मद्दत गर्ने बताएका थिए । 

संयुक्त राष्ट्र र अमेरिकाबाट मध्यस्थता गर्नका लागि इमरानले अनुरोध गरेपछि अमेरिकाको यो प्रतिक्रिया आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ