arrow

विवाहबाट बच्न यो नाटक रचे युवाले 

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
lovers.jpg

काठमाडौं । सबैलाई विवाहको रुची छ भन्ने छैन । तर सबै विवाह गर्नबाट बच्छन् भन्ने पनि छैन । एक चिनियाँ युवकले भने विवाह गर्नबाट बच्न गरेको नाटक सफल भएको छ । 

शांघाईका यी युवकले विवाहबाट बच्नका लागि स्पिकर चोरेका छन् । उनले २७ हजार रुपैयाँ पर्ने ब्लुटुथ स्पिकर चोरेका हुन् । 

त्यसपछि तत्कालै उनलाई प्रहरीले पक्राउ गर्यो । प्रहरीको अनुसन्धानपछि चान नामका ती युवाले जानीबुझी डान्स स्टुडियोबाट स्पिकर चोरेको खुलेको हो ।

उसकी प्रेमिकाले उसलाई चोर सम्झियोस् र उसंग विवाह नगरोस् भनेरै उसले यो नाटक गरेको प्रहरीले खुलासा गरेको हो ।

उसले प्रहरीसंग भनेको छ, ‘मेरी प्रेमिका मसंग विवाह गर्न चाहन्थी तर मैले चाहेको छैन । त्यसैले स्पिकर चोेरें ।’

चानले यतिछिटो पक्राउ पर्नेमा भने आफू विश्वस्त नभएको बताए । उनले भने, ‘मलार्य विश्वास थियो कि एक दिन म पक्राउ पर्नेछु, तर यतिछिटो होला भन्ने थिएन । म शांघाईबाट निकै टाढा जान खोजिरहेको थिएँ । विवाहको दवावले म तनावमा थिएँ ।’

चान अझै पनि पुलिस हिरासतमै छन् । पुलिसले उनी छिट्टै रिहा हुने बताए । यो घटनापछि चान र उनकी प्रेमिकाबीच कस्तो सम्बन्ध रहेको छ त भन्ने खुलेको छैन ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ