arrow

छानबिनपछि गृहयुद्धमा वेपत्ता नागरिकलाई प्रमाणपत्र दिइने : श्रीलङ्का

logo
एएफपी,
प्रकाशित २०७६ माघ ११ शनिबार
srilanka-civil-war.jpg

कोलम्बो। मुलुकको गृहयुद्धमा जीवन गुमाएका हजारौं व्यक्तिको मृत्यु प्रमाणपत्र प्रमाणिकरणपछि मात्र दिइने राष्ट्रपति गोताबाय राजापाक्षले बताए। उनले यसै हप्ता युद्धमा वेपत्ता सबै जनाको मृत्यु भएको बताएका थिए।

राष्ट्रपति गोताबाया राजपाक्षेले एक विज्ञप्तिमार्फत् हराएकाहरू वास्तवमा युद्धमा मारिएका बताएका थिए। तर यसले पिडित परिवार र आफन्तलाई सरकारले वेपत्ता प्रियजनलाई के भयो भनेर सम्बोधन नगरी मुद्दा बन्द गर्न लागेको भनी चिन्तित बनाएका समाचारपछि राजपाक्षेको यो भनाइ आएको हो। 

“आवश्यक अनुसन्धान गरिसकेपछि राज्यले मृत्यु प्रमाण पत्र जारी गर्नेछ र परिवारलाई उनीहरूको भविष्यलाई यथासम्भव सहज बनाउन आवश्यक सहयोग पुर्‍याउने कदम चाल्नेछ,” राजापाक्षेको कार्यालयले जनाएको छ।

श्रीलङ्कामा लामो पृथकतावादी युद्धमा हजारौं मानिस हराएको सम्भावनालाई श्रीलङ्काको राष्ट्रपतिस्तरबाट पहिलो पटक स्वीकारिएको हो। सन् २००९ मा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो तर युद्धमा कति मारिएका थिए र कति वेपत्ता थिए भन्नेबारे राष्ट्रपतिद्वारा यसअघि उल्लेख गरिएको थिएन तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा हराएका भनी राज्यमा दर्ता गरिएका व्यक्तिको सङ्ख्या २३ हजार ५०० देखाइएको छ। तिमध्ये पाँच हजार सुरक्षाकर्मी रहेका थिए।

राष्ट्रपति राजापाक्ष र श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगरबीचको छलफलपछि राष्ट्रपतिको कार्यालयले वेपत्ताको सूचिमा रहेका अधिकांश नागरिक लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई) ले भर्ती गरेका लडाकू रहेको उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ