arrow

लिवियाली तेल उत्पादनमा ७५ प्रतिशतले कमी

logo
एएफपी,
प्रकाशित २०७६ माघ ११ शनिबार
libya-oil.jpg

त्रिपोली। लिवियामा जारी द्वन्द्वको प्रभावका कारण पछिल्लो साता तेल उत्पादन तेब्बर घटेको राष्ट्रिय पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले शनिबार बताएको छ। लिवियाली तेल खानी क्षेत्रमा विद्रोहीले गत जनवरी १८ देखि उत्पादनका गतिविधिलाई अवरूद्ध गरेपछि एक हप्ता एता ७५ प्रतिशत तेल उत्पादन घटेको छ।

लिवियाको विद्रोही शक्ति सैनिक नेता खालिफा हफ्तरको समूहले तेल उत्पादनमा रोक लगाएका कारण दैनिक कुल तीन लाख २० हजार तेल उत्पादन हुने गरेको छ। विद्रोहीले तेल उत्पादनलाई अवरूद्ध गर्नुपहिले लिवियामा दैनिक १२ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने गरेको उक्त कम्पनीले बताइएको छ।

लिवियामा जारी द्वन्द्व अन्त्यका लागि केही समय पहिले फ्रान्समा र गत हप्ता जर्मनीमा सरकार र विद्रोहीबीच युद्धविराम गराउन राष्ट्रसंघको पहलमा प्रयास भएको भए पनि द्वन्द्वरत पक्षबीच सम्झौता हुन सकेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ