arrow

जम्मू–कश्मीरमा एक हप्तामा तीन मुठभेड

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
kashmir.jpg

काठमाडौं । जम्मू–कश्मीरमा एक हप्तामा लगातार तेस्रो मुठभेड भएको छ । दक्षिण कश्मीरको पुलवामा जिल्लाको अवन्तिपोरा इलाकामा शनिबार सुरक्षाबल र आतंकवादीबीच तेस्रो पटक मुठभेड भएको हो ।

मुठभेडमा २ आतंकवादी पाकिस्तानी मारिएका छन् । मारिएका कारि यासिर जैश–ए–मोहम्मदको कश्मीर एरिया कमान्डर थियो । 

श्रीनगरमा ठूलो आईईडी विष्फोटको योजना बनाइरहेका बेलामा कारि मारिएको दावी गरिएको छ । 

२६ जनवरीको दिन ठूलो विष्फोट गराउने योजना रहेको बताइएको छ । शनिबार बिहान राष्ट्रिय राइफल्स आरआर, जम्मू कश्मीर पुलिसको स्पेशल अप्रेशन ग्रुप र केन्द्रीय औद्योगिक सुरक्षा बलको संयुक्त दलले थालेको अप्रेशन सफल भएको बताइएको छ । 

यसअघि २१ जनवरीमा पुलवामाको अवन्पिोरामा २ जनाको मृत्यु भएको थियो । उक्त समयमा सेनाका एक जवानको पनि मृत्यु भएको थियो । 

त्यसअघि २० जनवरीमा पनि हिजबुल मुजाहिदिनका तीन आतंकवादी मारिएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ