arrow

यी अभिनेत्रीको तस्विर जुम गरिगरि हेर्छन् सलमान

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
salman2.jpg

काठमाडौं । कपिल शर्मा आफ्नो कमेडीका लागि परिचित छन्। हालै उनी उमंग २०२० को कार्यक्रममा पुगेका थिए जहाँ उनले बलिउड स्टार सलमान खानलाई एउटा अनौंठो प्रश्न सोधेका थिए।

सलमानले पनि हरेक प्रश्नको जवाफ अत्यन्त ध्यान दिएर दिन्छ। अहिले  सलमानको जवाफसहितको एक भिडियो भाइरल भइरहेको छ। कपिल शर्माले सलमानलाई सोधे,' तपाईलाई धेरै केटीहरुले मनपराउछन्, सोशल मिडियामा म्यासेज गर्छन् होला, तर के तपाईले कुनै केटीलाई मेसेज पठाउनुभएको छ वा कसैको प्रोफाइलमा गएर जुम गरेर फोटो हेर्नुभएको छ?'

सलमान खानले यसको जवाफ दिए - 'मैले यस्तो त कहिले गरिन, तर म कट्रिनाका सबै तस्बिरहरू जुम गरेर हुर्छु ।' त्यसपछि सबैजना हाँस्न थाले, कट्रिना कैफ चर्को स्वरमा हाँस्छिन्।

 सलमानको सो भिडियो फ्यानहरूले धेरै मन पराइरहेका छन् । यस भिडियोमा सलमान पनि नाचिरहेको देखिन्छ।  उनको फिल्म दबंग ३ को गीत मुन्ना बदनाम हुवा मा उनी प्रदर्शन गरिरहेका छन् ।

सलमान खान बाहेक भिडियोमा वरुण धवन पनि अभिनय गरिरहेछन्। वरुण आफ्नो फिल्म स्ट्रिट डान्सर थ्रीडीको लोकप्रिय गीत नाचेका छन् । उमंग २०२० आइतवार सोनी टिभीमा प्रसारण हुदैछ ।  जहाँ बलिउड र टिभी स्टारहरू उपस्थित हुनेछन्।

पछिल्लो समय सलमान खानकी नायिका कट्रिना कैफको नाम विक्की कौशलसँग विगत केही दिनदेखि जोडिन थालिएको छ । दुवैले एक अर्कालाई डेट गरिरहेको भनिएको छ । यद्यपि यस बिषयमा दुबैले कुने प्रतिक्रिया दिएका छैनन।

कट्रिना कैफ लामो समययसम्म रणबीर कपूरसँग सम्बन्धमा रहिन् । दुवैको सम्बन्ध विवाहमा परिणत हुने विश्वास गरिए पनि ६ बर्ष एक अर्कासँग डेट गरेपछि दुवै आ-आफ्नो बाटो लागे । अहिले रणबीर कपूर, आलिया भट्टसँग डेट गरिरहेका छन् । यसैबिच कट्रिना रिलेशनशिपमा रहेको बुझ्न सकिन्छ ।

पार्टी मुम्बईमा अली अलीबाज जफरको जन्मदिनमा रखिएको थियो। यस पार्टीमा धेरै बलिउड सेलिब्रेटीहरू पुगे तर सबैको आँखा ती दुवैमा थियो। यी दुबै स्टारहरू यस पार्टीमा बेग्लाबेग्लै पुगेका थिए । दुवैले सँगै तस्वीरहरू लिएनन्। यद्यपि दुबैसँगै पार्टीमा रमाइलो गरेका थियो। प्रसिद्ध भारतीय फोटोग्राफर मानव मंगलानीले इन्स्टाग्राममा पार्टीमा आइरहेका यी दुईको तस्विर शेयर गरे।

 बिक्कि कौशलो कट्रिनाभन्दा अघि हर्लेन सेठीसँग अफेयर थियो। हार्लिनसँग विक्कीको ब्रेकअपको खबर अप्रिल २०१९ मा आएको थियो । जसपछि कट्रिना नाममा जोडिन थालेको छ ।  हर्लिन र विक्कीको ब्रेकअपको कारण पनि कट्रिनालाई बताइएको थियो।

इंडिया टुडे वेबसाइटका अनुसार, हर्लिन सेठीले विक्कीसँग सम्बन्ध छोड्नुको कारण कट्रिना कैफ भएको बताएकी छन्। कट्रिना कैफ र विक्की कौशल अहिलेसम्म एकसाथ ठूलो पर्दामा देखा परेका छैनन्। करण जोहरको शो 'कफी विद करण' मा कट्रिनासँग वरुण धवन पनि थिए। शोको बेला कट्रिनाले विक्कीसँग उनको जोडी पर्दामा राम्रो देखिने बताएकी थिइन् । पछि कट्रिनाले भनेको कुरा करणको शोमा पुगेका विक्कीलाई सोधिएको थियो। शोको क्रममा विक्किले कट्रिना कुरा सुनेर बेहोस भएको नाटक गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ