arrow

शिविरमा आक्रमण हुँदा कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
afgansitan.jpg.jpeg

अफ्रिका । उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

“मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ,” मालीको सैनिक स्रोतले एएफपीलाई बतायो ।

आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर पनि दुई जनाको मृत शरीर देखेको एक स्थानीय सांसदले बताए ।

“आक्रमणकारी जिहादी लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेका थिए,” सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले बताए ।

उनले भने, “हतियारले सुसज्जित उनीहरू सोकोलो शिविरमा प्रवेश गरे । शिविरमा अन्धाधुन्ध गोली चलाएपछि केही सुरक्षाकर्मी भागेर आफ्नो सुरक्षा गरेका थिए । आक्रमणकारीले शिविरबाट हतियार लगायतका धेरै सामानहरू लगेका छन् ।”

“आक्रमणपछि शिविरमा पूर्णरूपमा भद्रगोल अवस्थामा रहेको छ,” एक मानवीय सहयोगका लागि कार्यरत संस्थासम्वद्ध स्रोतले बतायो । आक्रमणकारीले शिविरलाई तत्काल छोडेर भागेका थिए ।

क्याम्पमा रहेका १५ सुरक्षाकर्मीको शवलाई हामीले हटाई अन्तिम परीक्षणका लागि अस्पताल पठाएका छौँ ।

सोकोलो सेग्यो क्षेत्र अलकायदासँग सहकार्य गरेको मालीको जिहादी समूहको प्रभाव क्षेत्र हो ।

सहेल क्षेत्रमा करिब चार हजार ५०० फ्रान्सेली सेना र मालीमा करिब १३ हजार संयुक्त राष्ट्रसंघको शान्ति सेना तैनाद गरिएको छ तर जिहादीहरूले लुकीछिपी गर्ने आक्रमणबाट माली, बुर्किना फासो र नाइजरमा पटकपटक यस प्रकारका आक्रमणहरू हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ