arrow

२ छोरा फूपूकोमा पठाएर लक्ष्मी हराइन, श्रीमान् रुदै गुहारे

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
laxmin_nepali.jpg

पोखरा । लक्ष्मी परियारले आफ्ना नाबालक दुई छोराहरु फूपूकोमा पठाएर आफू बेपत्ता भएकी छन् । बाग्लुङ घर भई पोखरा महानगरपालिका १७ घारीपाटन बस्दै आएकी लक्ष्मी नेपाली गत माघ १ देखी बेपत्ता भएकी हुन् ।

 श्रीमान्  दलबहादुर बैदेशीक रोजगारीको क्रममा दुबई थिए । पौषको अन्तिम दिन दुई छोराहरुलाई फूपूको घर जाने बस चढाएर म बेलुका आउँछु भनेर हिडेकी लक्ष्मी  अहिलेसम्म बेखबर छिन् ।

उनको खोजिका लागि श्रीमान् बिदेशबाट समेत आए । खोज्नुपर्ने र जानु पर्ने ठाउँ सबै तिर गईयो तर केही पत्तो नलागेको दलबहादुर बताउँछन् । प्रहरीले फोन डिटेल समेत निकालेको छ ।

एक नम्बरबाट बारम्बार करिब दुई सय भन्दा बढि पटक फोन सम्पर्क भएको देखिएको दलबहादुर बताउँछन् ।

डिटेल हेर्दा श्रीमती अर्कैसंग गएको अनुमान गरेका उनले जहाँ जस्तो अवस्थामा भए पनि थाहा मात्र दिए आफू ढुक्क भएर फेरी बिदेश जाने चाहना दलबहादुरले राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ