arrow

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै, सामाजिक संजाल तात्दै

logo
एजेन्सी,
प्रकाशित २०७६ माघ १३ सोमबार
corona-virus-china-outbreak1.jpg

काठमाडौं। चीनबाट फैलिएको कोरोना भइरसले विश्वमा सन्त्रास फैलाइरहेको छ। एकातिर चीनमा मृत्यु हुनेको संख्या बढिरहेको छ भने अर्कोतर्फ सामाजिक संजालमा भाईरसले मानिसहरु ढलेका भिडियो- फोटोहरु भाइरल बनिरहेका छन्। 

चीनको वुहान प्रान्तबाट शुरु भएको उक्त भाइरसको संक्रमणले अस्पतालमा लाईन लागिरहेका व्यक्ति ढलेको   भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उनी आफ्नो जाँचका लागि लाईनमा बसेका थिए।

त्यसैगरि अर्का एक व्यक्ति सिधै टाउकोको बलले लड्दा उनको टाउको फुटेको र केही क्षणमा उनको मृत्यु भएको समाचारमा जनाइएको छ। कोरोना भाईरसको प्रभाव देखाउने उक्त भिडियो र फोटोहरु सामाजिक संजालमा छ्याप्छाप्ती भेटिन्छन्।

अर्को एक तस्विरमा एक व्यक्ति अस्पतालको पार्किङ क्षेत्रमा लडेको देखिन्छ र कोही पनि उनलाई उठाउन गएनन्। यसरी कोरोनाको त्रास फैलिरहेको छ। वुहान अस्पतालकी नर्सले शेयर गरेको भिडियोमा अस्पतालको जमिनमा तीन मृतकहरु देख्न सकिन्छ। उक्त भिडियो संसारभर फैलिएको छ। उनले उक्त भिडियो शेयर गर्दा ‘ जमिनमा लाशहरु छन् र उनीहरुलाई लाने कोही पनि छैन’भनेर लेखेकी छिन्।

चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म कम्तिमा ८० जनाको मृत्यु भएको चीन सरकारले पुष्टि गरिसकेको छ। करिब तीन हजार व्यक्तिमा सङ्क्रमण भएको बिभिन्न संचारमाध्यमले जनाएका छन्।

चिनियाँ सरकारी मिडियालाई उधृत गर्दै बीबीसीले लेखे अनुसार २७४४ जनामा संक्रमण भएको पुष्टि भएको छ भने ३०० भन्दा बढीको स्वास्थ्य अवस्था नाजुक रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। तर आधिकारिक रुपमा आएको तश्याङ भन्दा निक्कै बढी संख्यामा मानिसहरु कोरोना भाइरसबाट संक्रमणमा परेको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले दावी गरेका छन्। 

चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ विरामीहरू उपचारपछि स्वस्थ्य भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ