arrow

एक रात प्रहरी हिरासतमा कटाएर निस्किइन् आस्था

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
aastha.jpg

काठमाडौं । चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ’ की कोच  गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । सोमबार थुनामै रात कटाएकी राउत चार हजार धरौटी बुझाएर रिहा भएकी हुन् । मंगलबार वयान लिएर सकिएपछि धरौटीमा रिहा भएको प्रहरी स्रोतले जनाएको छ ।

सोमबार राउतको वयान लिएर नसकिएपछि थुनामै रात कटाउनु परेको थियो । सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी उनी अनुसन्धानका लागि चार दिन म्याद थपिएको थियो ।

राउतलाई हिरासतमा राखेसँगै सामाजिक सञ्जालमा प्रहरीको व्यापक विरोध भएको थियव । साथै संसदमा पनि प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका  राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । विमानस्थलमा गत साता प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा राउतमा हिरासत पुगेकी हुन् । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।  

विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ