arrow

लामो आन्तरिक विवादपछि महाधिवेशनको मिति तय : प्रकाशमान

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ १४ मंगलबार
Prakashman-Singh.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले लामो आन्तरिक विवाद र बहसपछि सहमतिमा पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ, काठमाडौं जिल्ला भेलाको उद्घाटन गर्दै नेता सिंहले   पार्टीले अब सदस्यता नविकरण तथा नयाँ सदस्या वितरणको काम प्रारम्भ गर्ने बताए। यस कार्यमा पार्टीका सवै स्थानीय पार्टी संगठन र भातृंस्था चनाखो भएर लाग्न जरूरी छ भने ।

सिंहले पार्टी भित्र भएका वेथिति र विधान विपरितका कामको डटेर विरोध गर्दा पार्टीमा विभाजन गर्न खोज्यो भनेर आरोप लगाउनुको कुनै औचित्य नरहेको बताए । उनले भने ,'पार्टी ढंगसंग चल्न नसकेको कारण कांग्रेसले सडक र संसद दुवै मोर्चाबाट सरकारले गरेका भ्रष्टाचार र प्रजातन्त्र विरूद्धका कदम रोक्न जोडदार भूमिका निर्वाह गर्न सकेको छैन ।'

नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीको उच्च भूमिकाको सम्मानबाट नै कांग्रेसकोसंगठन वलियो हुने र यसबाट प्रजातन्त्रलाई सुदृढ गर्न सघाउ पुग्ने कुरामा जोड दिंदै उनले भेलाको सफलताको कामना गरे ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति कृष्णसबुज वानियाले काठमाडौं कांग्रेसले सबै भातृ तथा शुभेच्छुकसंस्थाको संगठन सुदृढ़ीकरण यथोचित क्रियाशीलता दिइरहेको बताए । पार्टीको गिर्दो साखलाई रोकेरछविलाई माथि उठाउन आउँदो महाधिवेशनमा पार्टीका सबै निकाय र भातृसंस्थाको विशेषसजगता हुनु पर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले भेलालाई संवोधन गर्दैनेपाली कांग्रेसमा विगतको लामो प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाहरूको समुचितकदर हुन नसकेकोमा दु:ख व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ