arrow

हिन्दूहरुलाई जबरजस्ती मुस्लिम बनाइएपछि उत्रिए सडकमा

गैर–मुस्लिम युवतीहरुको अपहरण गरी मुस्लिम बनाएर जवरजस्ती विवाह, बिरोधमा उत्रिएकालाई राष्ट्र बिरोधी मुद्धा

logo
प्रकाशित २०७६ माघ १५ बुधबार

काठमाडौं । पाकिस्तानमा अल्पसंख्यक समुदायका किशोरीहरुलाई जवरजस्ती धर्मपरिवर्तन गराउने मुस्लिमहरुप्रति अल्पसंख्यक समुदायहरु आक्रोशित भएका छन् । 

उनीहरुले आइतबार कराँची प्रेस क्लब अगाडि विशाल विशाल विरोध प्रदर्शन गरेका छन् । 

प्रदर्शनकारीहरुले सुरक्षाकर्मीद्धारा आफूहरुलाई सहयोग नभएको भन्दै आक्रोश पोखेका छन् । पुलिसले आरोपीलाई पक्राउ गर्नुको सट्टा प्रदर्शन गर्ने हिन्दूहरुलाई राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको झुठो आरोप लगाएर गिरफ्तार गरिरहेको आरोप लगाएका छन् । 

द न्यूज इन्टरनेशनल रिपोर्टका अनुसार पाकिस्तानमा अल्पसंख्यक किशोरीहरुलाई अपहरण गरेर जवरजस्ती धर्म परिवर्तन गराएको भन्दै जनवरी २६ तारिखमा हिन्दू समुदायले ठूलो संख्यामा उपस्थित भएर विरोध प्रदर्शन गरेका हुन् । 

उक्त प्रदर्शनमा उल्लेख्य संख्यामा सामाजिक कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको रिपोर्टमा जनाइएको छ ।

प्रदर्शनकारीले किशोरीहरुलाई अपहरण गरेर जबरजस्ती धर्म परिवर्तन गराउनु ठूलो अपराध भएको पनि बताएका छन् । 

हालै एक १५ वर्षीया बालिका महक कुमारी गत १६ जनवरीमा बेपत्ता भएकी थिइन् । महक जैकोबाबादवासी हुन् । 

उनका परिवारका अनुसार एक मुस्लिम समुदायका प्रभावशाली व्यक्तिले उनको अपहरण गरेर धर्म परिवर्तन गरिएको हो । 

एक प्रदर्शनकारीका अनुसार उनलाई इस्लाम धर्म कबुल गराएर जवरजस्ती विवाह गराइएको छ । 

प्रदर्शनकारीहरुले पुलिसले सिंधमा बालविवाह गैरकानुनी भए पनि सो अनुसार आरोपीलाई कार्वाही गर्न तयार नभएको पनि बताएका छन् । 

सामाजिक कार्यकर्ता बिरमा जेसरानीका अनुसार गैरमुस्लिम भएकैले कुमारीलाई जवरजस्ती धर्म परिवर्तन गरी विवाह गरिएको हो । 

नावालिकको अपहरण गर्दासमेत पुलिसले कुनै गम्भीर्यता नदेखाएको आरोप पनि लागेको छ । 

पाकिस्तानको जैकोबाबादको प्रहरीले स्थानिय अल्पसंख्यकको उजुरीमा कार्वाही नगरि उल्टै उनिहरुलाई नै प्रताडित गरेकोमा स्थानिय केहि अधिकारकर्मीहरुले त्यसको विरोध गरेका छन्।

अपहरण गरि जवर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्ने ४ जनालाई स्थानिय प्रसासनले राष्ट्रविरोधी गतिविधीमा संलग्न रहेको आरोपमा कार्वाही अघी बढाएको छ। 

पाकिस्तान धार्मिक अल्पसंख्यकहरुको लागि नरक रहेको आरोप लाग्दै आएको छ। तथ्यहरुले पनि पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरु पलायन हुँदै गएको देखिएको छ। सन् १९५१ मा २२ हिन्दु रहेको पाकिस्तानमा अहिले १ दशमलव २ प्रतिशतको हाराहारीमा मात्र रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ