arrow

विवाहको तयारीमा रहेका प्रेमीको टिपरको ठक्करबाट मृत्यु भएपछि प्रेमिकाद्धारा आत्महत्या

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
lovers1.jpg

सुर्खेत । प्रेमीको टिपरको ठक्करबाट मृत्यु भएपछि प्रेमिकाले आत्महत्या गरेकी छिन् । सुर्खेतको वीरेन्द्रनगरको गौतमचोकमा मंगलबार टिपरको ठक्करबाट २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएपछि विक्षिप्त बनेकी उनकी प्रेमिकाले घटनालगत्तै आत्महत्या गरेकी हुन् ।

प्रेमीको आफ्नै आँखा अगाडि मृत्यु भएपछि विक्षिप्त भई कोठामा फर्किएकी कालिकोट घर भई सुर्खेतस्थित मामाघरमा बस्ने अरुणा शाहीले आत्महत्या गरेकी हुन् । 

शाहीले सिंहको मृत्यु भएको केही बेरमा नै झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन् । 

उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । सिंहका आफन्तजनका अनुसार शाही मंगलबार दिउँसो ३ बजे काठमाडौं जाने भएपछि बिहानै शाहीलाई भेट्न गएकी थिइन् । 

लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुको माघको अन्तिम साता विवाह गर्ने तयारी रहेको आफन्तजनले बताएका छन् । 

प्रहरीले भने प्रेम सम्बन्धबारे थाहा नभएको बताएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गर्दै सिंहको शव देखेलगत्तै विक्षिप्त अवस्थामा आत्महत्या गरेको हुन सक्ने बताए । 

प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

टिपरले सिंहलाई ठक्कर दिएर मारेपछि सुर्खेतको वीरेन्द्रनगर बजार मंगलबार दिनभर तनावग्रस्त बन्यो । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियो ।

स्थानीय प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप हुँदा प्रहरीले चलाएको गोली लागेर सात जना घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर चारजना प्रहरीसमेत घाइते भएका छन् । प्रहरीले लाठीचार्ज र दर्जनौं सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

प्रदर्शनकारीले बजार क्षेत्रमा रहेको एउटा प्रहरी बिटसमेत तोडफोड गरेका छन् । प्रहरीले घटनास्थलबाट बल प्रयोग गरेर मृतक सिंहको शव उठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ