arrow

कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ १६ बिहिबार
corona-virus-china-outbreak1.jpg

हान्चाउ। विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन्। “हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन्।”

कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले बुधबार जानकारी दिए।

चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नु पर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ