arrow

मुस्लिम मारिएको घटनामा मोदी किन मौन ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1554048255.jpeg
एजेन्सी। गत साता दिल्लीको दादरीमा गाईको मासु खाएको हल्लामा एक मुस्लिमलाई बर्बर ढंगले कुटेर मारियो । के यो घटनाले भारतको राजनीतिक कल्पनाशीलता असफल भएको पुष्टि गर्छ ?
 
घटना राजधानी दिल्लीबाट करिब ५० किलोमिटर टाढा थियो । फलामको काम गर्ने ५० वर्षीय मोहम्मद अखलाकलाई भीडले कुटेर मार्यो । घटनामा उनका छोरा दानीश गम्भीर घाइते भए । अखलाकका अर्का छोरा भारतीय वायुसेनामा प्राविधिकका रुपमा कार्यरत छन्। हमलाको वेला गाउँमा नभएका कारण उनी बचे ।
 
घटना भएको एक साताभन्दा बढी भइसकेको छ । तर, सामाजिक सञ्जालमा निकै सक्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मौनता नतोडेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
 
भर्खरै अमेरिका भ्रमणबाट फर्किएका मोदीले आफूलाई गरिएको सत्कारप्रति आभार प्रकट गरे, मन्त्रीमण्डलका एक सहयोगी र राज्यपालको जन्मदिनमा शुभकामना दिए र चीनको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ जनतालाई शुभकामना पनि दिए।  मोदीले ट्विटरमार्फत एक गायिकाको छोराको निधनमा शोक व्यक्त गरे र बिलियडर््स च्याम्पियनलाई शानदार उपलब्धिका लागि बधाई पनि दिए ।
 
तर, मोदी यो घटनाबारे भने मौन छन् । इतिहासकार शिव विश्वनाथका अनुसार दादरी काण्डमा मोदीको मौनता उदासीनताको मौनता हो । घटनालाई वेवास्ता गर्नुको अर्थ के हो भने उनी पीडितलाई सम्मान गर्दैनन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ