arrow

प्रिती जिन्टाको पीडादायी रह्यो बाल्यकाल, ३४ छोरी बसिरहेछन् ऋषिकेशमा

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
preity-zinta-sad.jpg

काठमाडौं ।  बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा ३१ जनवरीमा आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन्। हिमाचल प्रदेशको शिमलामा जन्मेकी प्रीतिको ज्यादै पीडादायी बाल्यकाल थियो । उनी १३ बर्षको हुदाँ बुबा दुर्गानन्द जिन्टाको दुर्घटनामा मृत्यु भयो । बाबुको एक कार दुर्घटनामा मृत्यु भएको हो । उनकी आमालाई पनि यस दुर्घटनामा गम्भीर चोटपटक लागेको थियो र त्यसपछि हिंड्न धेरै गाह्रो भएको थियो।

दुई वर्षपछि आमाको साहारा पनि प्रीति जिन्टाले गुमाइन् । १५ बर्षको उमेरमा प्रीतिले धेरै दु:खहरु भोगिन् तर पनि उनले जीवनसँग हार मानिनन् । आफ्नो आफैले हेरचाह गरिन् र अध्ययन पुरा गरिन्। प्रीति बाल्यावस्थादेखि नै धेरै राम्री थिइन । यसै कारण उनले मोडलको रुपमा काम गर्ने अवसर पाइन् ।

मोडलिङ गरिसकेपछि प्रीति जिन्टाले केहि विज्ञापनमा काम गर्ने मौका पाइन् । यससँगै बिस्तारै उनको जीवन बलिउडतिर मोडिन थाल्यो। सो समयमा निर्देशक मणिरत्नम फिल्म 'दिल से' को लागि नयाँ अनुहार खोज्दै थिए। मुख्य भूमिका खेल्न शाहरुख खान र मनीषा कोइराला पहिले नै हस्ताक्षर गरिसकेका थिए तर सहयोगी चरित्र पनि आवश्यक पर्‍यो जसमा प्रिती जिन्टा छनौट भइन् ।

 फिल्म दिल से फ्लप भयो तर प्रितीले सबैको मन जितिन् र उनको अभिनय क्यारियर शुरू भयो। प्रीतीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहाने निर्देशकहरुको भीड लाग्यो । 'सोल्जर' प्रीतिको पहिलो हिट फिल्म थियो। जसमा बबि देवल मुख्य भुमिकामा थिए ।  

त्यसपछि उनले 'क्या केना, दिल चाहता है, दिल है तुमारा, लक्ष्य, द हीरो, कोई मिल गया, कल हो ना हो, वीर जारा, कभी अलविदा ना केहना र सलाम नमस्ते' जस्ता फिल्महरूमा अभिनय गरिन्। सन् २०१६ मा प्रीतिले जीन गुडनिफसँग विवाह गरिन्। गुडनिफसँग प्रीतिको लामो समयदेखि प्रेम चलि रहेको थियो ।  

प्रीति जिन्टाको बिषयमा एउटा कुरा थोरै मानिसहरूले मात्र जान्दछन्  कि उनीहरूका ३४ छोरीहरू छन् । वास्तवमा, रवीना टण्डन र सुष्मिता सेनले जस्तै, प्रीति जिन्टाले पनि ३४ बालिकाहरूलाई आश्रय दिइन्  ।  प्रीतिले उत्तराखंडको ऋषिकेशमा रहेको एक अनाथालय मदर मिरेकलबाट ३४ छोरीहरू लिएकी हुन् ।  जसको आमाबाबु थिएनन् ।

प्रीतीले उनीहरू सबैलाई पालनपोषण र स्कूल शिक्षा पुरा गर्ने बचन दिएकी छन् । प्रीतीले यो जिम्मेवारी एकदम राम्रोसँग पूरा गरिरहेकी छिन। उनी हरेक वर्ष आफ्ना छोरीहरू भेट्न जान्छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ