arrow

आइपीएल क्रिकेट : पन्जाव ६ विकेटले विजयी, धोनीको सुपरजायन्ट्स स्तब्ध

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
kings-elevan.jpg.jpeg
एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा किङ्गस् इलेभेन पन्जाव ६ विकेटले विजयी भएको छ । राइजिङ पुणे सुपरजायन्ट्सले दिएको एक सय ५३ रनको चुनौती पछ्याएको पन्जावले ८ बल बाँकि छँदै ४ विकेटको क्षतिमा जित हासिल गरेको हो । उसले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर चुनौती पार गरेको हो । 
 
पन्जावका लागि ओपनर मुरली विजयले सर्वाधिक ५३ रन बनाए । उनले ४९ बलमा २ छक्का र ५ चौकाको मद्दतले उच्च स्कोर गरे । दोस्रो विकेटका लागि मनन वोहराले ५१ रनको योगदान गरे । यी दुईले गरेको एक सय ४ रनको साझेदारी नै जितका लागि महत्वपूर्ण रहयो । यस्तै, ग्लेन म्याक्सवेलले विष्फोटक व्याटिङ गरे ।
 
उनले १४ बलमा २ छक्का ४ चौकाको मद्दतले ३२ रन बनाए । कप्तान डेभिड मिलर भने ७ रनमै आउट भए । बलिङतर्फ सुपरजायन्ट्सका मुरुगन आश्विन एक्लैले ३ विकेट लिँदा अंकित शर्माले १ विकेट लिए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको सुपरजायन्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनायो । उसका लागि फाफ डु प्लेसिसले ६७ रन बनाएपनि हार टरेन ।
 
स्टेभेन स्मिथले ३८ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले खाता मात्र खोल्न सके । दुवै टोलीले एक–एक खेल जित्दा २ खेल गुमाएका छन् । गुजरात लायन्स मात्रै हाल सम्म खेलेका ३ वटै खेल जित्दै ६ अंक बटुलेर लिग तालिकाको शीर्ष स्थानमा छ । सनराइजर्स हैदरावाद हाल सम्म अंक विहिन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ