arrow

ऋषि कपूर अस्पताल भर्ना, रणबीर र आलिया सुटिङ छोडेर हिडे

logo
एजेन्सी,
प्रकाशित २०७६ माघ १९ आइतबार
rishi-kapoor.jpg.jpeg

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थमा समस्या आएपछि ऋषि कपूर दिल्लीको अस्पतालमा भर्ना भएका हुन् ।

केहि समय अघि ऋषि कपूर क्यान्सर जस्तो भयानक रोगसँग संघर्ष गर्दै थिए।   जुन उपचारपछि उनी रोगबाट स्वस्थ भएर भारत फर्केका थिए।

यसलाई गम्भीर मानिएको छ किनकि अरमान जैनको विवाहबाट सबै कूपर परिवारका सदस्यहरु अस्पताल गएका छन् ।  विवाह समारोहमा उनीहरु नृत्य प्रदर्शन गर्न जाँदै थिए।

रिपोर्टका अनुसार रणबीर कपूर र आलिया भट्टले पनि फिल्म 'गंगुबाई काठियावाडी' को शुटिङ रोकेर दिल्ली अस्पताल आउदै छन् ।

अमेरिकाको न्यूयोर्कमा एक वर्ष उपचार गराएर उनी फर्किएका थिए । क्यान्सर उपचारका लागि न्यूयोर्क पुगेका ऋषि  क्यान्सर मुक्त भएको बताइएको थियो । क्यान्सर जस्ता रोगलाई पराजित गरेपछि ऋषि कपूर फिल्म 'द बडी' मा देखा परेका थिए । उनी पहिले जस्तो सोशल मिडियामा पनि धेरै सक्रिय छैनन् ।

 हाल ऋषि कपूरलाई अस्पतालमा किन भर्ना गरिएको हो त्यसको बारे पूर्ण जानकारी आएको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ