arrow

फागुन २८ देखी चैत्र १ सम्म प्रादेशिक क्यान ईन्फोटेक २०२० धनगढीमा हुने

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
can-info-tech2020.jpg

धनगढी। फागुन २८ देखी चैत्र १ सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रादेशिक क्यान ईन्फोटेक २०२० को आयोजना हुने भएको छ। क्यान केन्द्रको निर्णय अनुसार देशका सबै प्रदेशमा हुने क्यान ईन्फोटेक २०२० अनुसार यस प्रदेशमा पनि आयोजना हुन लागेको क्यानका केन्द्रय सदस्य खेमराज ढुंगानाले बताए। 

उक्त प्रादेशिक क्यान ईन्फोटेक २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी पनि केन्द्रिय सदस्य खेमराज ढुंगानालाई दिईएको छ। क्यान महासंघ जिल्ला शाखा कैलालीको निर्णय अनुसार धनगढीमा हुने क्यान इन्फोटेक २०२० को व्यावस्थापनका लागि ढुंगानालाई संयोजकको जिम्मेवारी दिईएको क्यान महासंघ कैलाली धनगढीले जनाएको छ।

क्यान महासंघ केन्द्रिय समिती काठमाडौंको संरक्षकत्व तथा प्रदेशको समन्वयमा क्यान ईफोटेकको आयोजना भने कैलाली जिल्लाले गर्ने जिल्ला अध्यक्ष नरेश धामीले बताए। सूचना प्रविधिको जानकारी सर्वसाधारसम्म सहजै पुगोस भन्ने मुख्य उदेश्यका साथ क्यान ईन्फोटेक २०२० को आयोजना गर्न लागिएको क्यान कैलालीका अध्यक्ष धामीले बताए।

फागुन २८ देखी चैत्र १ गते सम्म धनगढीमा संचालन हुने क्यान ईन्फोटेकमा आईटी सेमिनार, सूचना प्रविधीका स्टल, सूचना प्रविधीका सामाग्री बीच प्रतिष्पर्धा, बिजनेश प्रमोसन, सूचना प्रविधी सुरक्षा लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ।

प्रभु पे क्यान ईन्फोटेक २०२० एसोसिएट विथ वर्ड्लिंकको मुख्य व्यानरमा केन्द्र देखी सबै प्रदेशहरुमा क्यान ईन्फोटेक २०२० संचालन भईरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ