arrow

आईपीएल: गेल, कोहली र डिविलियर्सको टोली बिरुद्ध डे-ककको हमला

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
Quinton_de_kock.jpg.jpeg
काठमाडौं। दक्षिण अफ्रिकी खेलाडी क्वेण्टन डेकक ५१ बलमा १०८ रनको पारीले दिल्ली डेयर डेविल्सले रोयल च्यालेन्जर बेंगलोरलाई ७ विकेटले पराजित गरेको छ। डेककले ३ छक्का र १५ चौका प्रहार गरदै शतक पुरा गरेका थिए। 
 
टस हारेर पहिले ब्याटिङ गरेको विराट कोहलीको बेंगलोरले निर्धारित २० ओबरमा ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। कप्तान कोहलीले ४८ बलमा ७९ रन बनाएका थिए भने डिविलियर्सले ३३ बलमा ५ रनको योगदान दिएका थिए।टि-२०का स्टार क्रिस गेल शुन्य रनमा आउट भएका थिए।  दिल्लीकालागि मोहम्मद शामीले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले १९.१ ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। दिल्लीकालागि करुण नायरले ४२ बलमा ५४ रन बानउँदै आफ्नो टोलीलाई जीत दिलाउन डेककलाई राम्रो साथ दिएका थिए। 
 
विश्वका उत्कृष्ट टि-२० खेलाडीले सुसज्जित बेंगलोरलाई डेककको ब्याटिङले परास्त गरेको थियो। क्रिश गेल, विराट कोहली, एबी डिवुलियर्स र शेन वाट्सन जस्ता दिग्गज खेलाडी रहेको टोलि बेंगलोरलाई पराजित गर्नु कुनै पनि टोलीकालागि ठुलो उपलब्धि हुनेछ। 
 
विराट कोहली र डिविलियर्सले राम्रो खेल्दै १९१ रनको उच्चतम स्कोर बनाएका थिए तर डेककले दुई खेलाडी भन्दा राम्रो खेल्दै दिल्लीलाई बिजयी गराएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ