arrow

कोरोना संक्रमितलाई उपचार गर्न चीनले १० दिनमै बनायो हजार शैयाको अस्पताल 

logo
प्रकाशित २०७६ माघ २० सोमबार
corona-china-hospital.JPG

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थल चीनमा संक्रमण बढ्दै गएपछि राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारले १० दिनमै एक हजार शैयाको अस्पताल निर्माण गरेको छ । 

संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि चीनले निकै तीव्र गतिमा वुहानमा नयाँ अस्पताल सञ्चालन गरेको हो ।

नयाँ अस्पतालमा विशेषज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीसहित एक हजार भन्दा बढी संलग्न हुने बताइएको छ । 

चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र मर्नेहरुको संख्या ३६१ पुगेको छ । १७ हजार भन्दा बढी प्रभावित भएका छन् ।

पहिलो पटक चीन भन्दा बाहिर फिलिपिन्समा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । उनी ४४ वर्षीय चिनियाँ नागरिक नै हुन् । 

चीन बाहिरमात्रै १५० भन्दा बढीलाई संक्रमण भएको छ । २४ राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

चीनले वुहानमा द्रुत गतिमा एउटा अस्पताल बनाएसंगै यस्तै अन्य शहरहरुमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने चिनियाँ अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्य देशमा पनि उक्त भाइरसको संक्रमण बढ्दै गएको छ । अधिकांश देशहरुले चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ