arrow

शाहरुख, सलमान डराएका अन्डरवर्ल्ड डनलाई प्रीति जिन्टाले दिइन् खुल्ला चुनौती

आए धम्कीले भरिएका फोनकल

logo
प्रकाशित २०७६ माघ २० सोमबार
preety-jinta1.jpg

काठमाडौं । बलिउड अभिनेत्री प्रिती जिन्टाले हालै आफ्नो ४५ औं जन्मदिन मनाइन् । प्रीतिले उनको करियरमा धेरै हिट चलचित्रहरू दिएकी छन् । प्रतिले अभिनय लगायत बहादुरी काम पनि गरेकी छन् जुन सबैबाट सम्भव हुदैन । सो समय प्रीति जिन्टा अदालतमा गइन् र अन्डरवर्ल्ड डन विरूद्ध बयान दिएकी थिइन् ।

सन् २००१ मा 'चोरी-चोरी, चुपके चुपके' फिल्म रिलिज भएको थियो ।  त्यतिबेला चलचित्र धेरै चर्चित थियो, किनकिसो फिल्ममा कुनै ठूलो निर्देशकको पैसा खर्च भएको थिएन अन्डरवर्ल्ड डन छोटा शकील यस फिल्ममा पैसा लगाइएको थियो ।

 तर कागजातहरू भने मुम्बईका हिरा व्यापारी भरत शाहको नाममा बनाइएको थियो। प्रहरीले यस मुद्दामा भरत शाहलाई पक्राउ गर्‍यो र अब्बास मस्तानको निर्देशन अन्तर्गत बनेको यस फिल्मका सबै प्रिन्टहरू पनि सील गरेको थियो।

यद्यपि यसपछि प्रहरीलाई साक्षीहरू चाहिएको थियो। यसैले शाहरुखदेखि सलमान खानसम्मलाई यस केसबाट अलग गरियो।

यस अघि शाहरुख खान र फिल्महरू सम्बन्धित  बलिउडका थुप्रै स्टारहरू सलमान खान, रानी मुखर्जीलाई समेत धम्की आइरहेको थियो । बलिउड कलाकारहरु पनि प्रहरीसँग अन्डरवर्ल्डबाट धम्की दिइरहेको गुनासो गर्न पुगेका थिए ।  तर जब उनीहरुलाई यहि कुरा अदालतमा राख्न प्रहरीले आग्रह गरे तब उनीहरु यसबाट हच्किए  ।

 यस्तो अवस्थामा, प्रीति जिन्टा एक मात्र अभिनेत्री थिइन् जो बहादुरी साथ अगाडि आएर आफ्नो कुरा राखिन्। उनी अदालतमा उभिएर अन्डरवर्ल्डबाट धम्की दिइरहेको बताइन् । फिल्मको शुटिंगको क्रममा उनलाई धम्की दिदै फोनकल आएको उनले अदालतसामु बताइन् । उनले भनिन्,' धम्कीसँगै पैसाको पनि मांग गरिएको छ ।'

सो मामिला अन्डरवर्ल्डसँग सम्बन्धित थियो जसकारण अदालतले प्रीतिको बयान क्यामेरामा रेकर्ड गर्‍यो। यीनै बयानको आधारमा भरत शाह पक्राउ परे। अदालतले निर्माता नाजिम रिजवीलाई दोषी ठहरायो । प्रीति जिंटाको साहसले सम्पूर्ण फिल्म उद्योगलाई हल्लाएको थियो ।

प्रीतिले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, 'एक समय यस्तो थियो जब म यस मामिलालाई लिएर अत्यन्तै डराउँथें।'   प्रीतिले निर्माता नाजिम रिजवीलाई धेरै पटक कल पनि गरेकी थिइन् । प्रहरीले उनलाई सुरक्षा दिएको थियो । तर उनले सुरक्षाकर्मी राख्न अस्वीकार गरिन् ।  तर पछि सादा पोशाकमा रहेका केही प्रहरीहरू उनीसँगै सेटमा बस्ने गर्थे ।

प्रिती जिन्टाको पीडादायी रह्यो बाल्यकाल

हिमाचल प्रदेशको शिमलामा जन्मेकी प्रीतिको ज्यादै पीडादायी बाल्यकाल थियो । उनी १३ बर्षको हुदाँ बुबा दुर्गानन्द जिन्टाको दुर्घटनामा मृत्यु भयो । बाबुको एक कार दुर्घटनामा मृत्यु भएको हो । उनकी आमालाई पनि यस दुर्घटनामा गम्भीर चोटपटक लागेको थियो र त्यसपछि हिंड्न धेरै गाह्रो भएको थियो।

दुई वर्षपछि आमाको साहारा पनि प्रीति जिन्टाले गुमाइन् । १५ बर्षको उमेरमा प्रीतिले धेरै दु:खहरु भोगिन् तर पनि उनले जीवनसँग हार मानिनन् । आफ्नो आफैले हेरचाह गरिन् र अध्ययन पुरा गरिन्। प्रीति बाल्यावस्थादेखि नै धेरै राम्री थिइन । यसै कारण उनले मोडलको रुपमा काम गर्ने अवसर पाइन् ।

मोडलिङ गरिसकेपछि प्रीति जिन्टाले केहि विज्ञापनमा काम गर्ने मौका पाइन् । यससँगै बिस्तारै उनको जीवन बलिउडतिर मोडिन थाल्यो। सो समयमा निर्देशक मणिरत्नम फिल्म 'दिल से' को लागि नयाँ अनुहार खोज्दै थिए। मुख्य भूमिका खेल्न शाहरुख खान र मनीषा कोइराला पहिले नै हस्ताक्षर गरिसकेका थिए तर सहयोगी चरित्र पनि आवश्यक पर्‍यो जसमा प्रिती जिन्टा छनौट भइन् ।

 फिल्म दिल से फ्लप भयो तर प्रितीले सबैको मन जितिन् र उनको अभिनय क्यारियर शुरू भयो। प्रीतीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहाने निर्देशकहरुको भीड लाग्यो । 'सोल्जर' प्रीतिको पहिलो हिट फिल्म थियो। जसमा बबि देवल मुख्य भुमिकामा थिए ।  

त्यसपछि उनले 'क्या केना, दिल चाहता है, दिल है तुमारा, लक्ष्य, द हीरो, कोई मिल गया, कल हो ना हो, वीर जारा, कभी अलविदा ना केहना र सलाम नमस्ते' जस्ता फिल्महरूमा अभिनय गरिन्। सन् २०१६ मा प्रीतिले जीन गुडनिफसँग विवाह गरिन्। गुडनिफसँग प्रीतिको लामो समयदेखि प्रेम चलि रहेको थियो ।  

प्रीति जिन्टाको बिषयमा एउटा कुरा थोरै मानिसहरूले मात्र जान्दछन्  कि उनीहरूका ३४ छोरीहरू छन् । वास्तवमा, रवीना टण्डन र सुष्मिता सेनले जस्तै, प्रीति जिन्टाले पनि ३४ बालिकाहरूलाई आश्रय दिइन्  ।  प्रीतिले उत्तराखंडको ऋषिकेशमा रहेको एक अनाथालय मदर मिरेकलबाट ३४ छोरीहरू लिएकी हुन् ।  जसको आमाबाबु थिएनन् ।

प्रीतीले उनीहरू सबैलाई पालनपोषण र स्कूल शिक्षा पुरा गर्ने बचन दिएकी छन् । प्रीतीले यो जिम्मेवारी एकदम राम्रोसँग पूरा गरिरहेकी छिन। उनी हरेक वर्ष आफ्ना छोरीहरू भेट्न जान्छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ