arrow

चीनको यो गल्तीले फैलियो कोरोना भाइरस

कोरोना भाइरसको मूल उद्गमस्थल वुहान शहरको त्यो बजारलाई बताइएको छ जहाँ करीव ११२ प्रकारका जनावरको मासुको कारोबार हुन्छ

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
corona-virus1.jpg

काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको असर विश्वलाई नै परिरहेको छ । यो भाइरस कहाँबाट आयो भन्ने चासो सर्वत्र छ । 

त्यस्तै शहरभन्दा बाहिर कसरी फैलियो भन्ने चासो पनि बढेको छ । सानो शहरबाट विश्वमै फैलिनुमा चिनियाँ सरकार र स्वास्थ्य प्रवन्धकहरु जिम्मेवार रहेको बताइएको छ । 

एक रिपोर्टका अनुसार वुहानको एक अस्पतालमा डा. ली वेनलियांगले ३० डिसेम्बरमा ७ जनालाई रहस्यमयी बिरामी बताउँदै सबैलाई आइसोलेशनमा राख्न आदेश दिएको पाइएको थियो । 

डा लीबाट एक अनलाइन ग्रुप च्याटमा यसबारेमा जानकारी पनि दिइएको थियो । त्यतिबेलै एक व्यक्तिले कतै सन् २००२ मा झण्डै आठ हजारको ज्यान लिएको भयंकर रोग सार्स फेरि फर्केर आएको हो ? भनी सोधेका थिए । 

स्वास्थ्य विभागका अधिकारीले यो घटनालाई गम्भीरपूर्वक समाधान गर्न लाग्नुको सट्टा डा लीलाई कार्वाही गर्नतिर लाग्यो । किन सूचना सर्वसाधारणलाई दिएको भनी उनलाई कार्वाही गर्न खोज्यो । 

त्यसको तीन दिनपछि डा लीलाई पुलिसले कार्वाही गर्नु गलत भएको भन्दै एक दस्तावेजमा हस्ताक्षर गराइएको थियो । 

यो प्रकोप सार्सको नभइ कोरोना भाइरसको थियो । यही कोरोना भाइरसका कारण अहिले ४२५ जनाको ज्यान गइसकेको छ भने २० हजार भन्दा बढी संक्रमित छन् । 

मिडिया रिपोर्टका अनुसार कोरोना भाइरसलाई लिएर चीन सरकारले थुप्रै लापरवाही गरेको छ । चीन सरकारले प्राथमिक चरणमै यो रोगलाई रोक्ने प्रयास गरेन । 

कोरोना भाइरसको मूल उद्गमस्थल वुहान शहरको त्यो बजारलाई बताइएको छ जहाँ करीव ११२ प्रकारका जनावरको मासुको कारोबार हुन्छ । 

स्रोतका अनुसार त्यहाँ सडेगलेको मासुका कारण फैलिएको कोरोना भाइरस पहिलो पटक सर्पमा देखिएको थियो । 

त्यही सर्प खाएर मानिसको शरीरमा आएको बताइएको छ। वुहानका स्थानीय, डाक्टर र सरकारी बयान तथा मिडिया रिपोर्टका अनुसार यो कुराको पुष्टि गर्छ । सरकारले भाइरसको पहिलो घटना बाहिर आएको सात हप्ता बर्बाद गरेको छ । 

रिपोर्ट अनुसार कोरोना भाइरसका पहिलो मामिला डिसेम्बरमै बाहिर आएको थियो । तर चीन सरकारले गम्भीरतापूर्वक लिन सकेन । चीन सरकारले जनवरीमा मात्र यो घटनाबारे पहिलो बयान जारी गरेको थियो । 

भाइरस फैलिएपछि चीन सरकारले अधिकारीहरु तथा डाक्टरहरुाई चुप रहन आदेश दिएको थियो । जानकारी नहुँदा मानिसहरु भाइरसका बारेमा जानकारी लिन असफल भए । 

यतिसम्मकी वुहानका बजारका पसलहरु पुननिर्माण गर्नुपर्ने भएकाले बन्द गरिएको बताइएको थियो । 

यदि चिकित्सक र सार्वजनिक स्वास्थ्य विज्ञहरुले समयमै यो रोगबारे बाहिर प्रचार गर्न सकेको भए कोरोनाबाट धेरै प्रभावित हुने थिएनन् । यो रोग फैलन पाउने थिएन । 

जहाँ ११२ प्रकारका सडेगलेका मासु बेचिन्छ त्यो स्थल निकै भिडभाडयुक्त हुने गरको छ । सडेगलेको मासु बेचेकै कारण यो दिन आएको भन्दै त्यस्ता स्थान सदाका लागि बन्द गर्नुपर्ने आवाज पनि आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ