arrow

भारतको केरलमा आपतकाल, कोरोनाले फैलायो भय

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
china-coronavirus1.jpg

काठमाडौं । भारतको केरललाई कोरोना भाइरस आपतकाल राज्य घोषित गरिएको छ । कोरोना भाइरस राज्यमा तीन जनामा संक्रमण देखिएसंगै सरकारले आपतकाल घोषणा गरेको हो । 

कोरोना भाइरस देखिने सबै चीनको वुहानबाट फर्केका थिए । करीव १८ सय मानिसलाई संक्रमणको निगरानीको घेरामा राखिएको छ । 

चीनबाट फैलिएको उक्त कोरोना भाइरसले अहिलेसम्म ४२५ जनाको ज्यान गइसकेको छ । २० हजार ३८३ जना संक्रमित छन् । 

डेढ सय भन्दा बढी चीन बाहिर संक्रमित भएकामा केरलमा ३ जना भेटिएका हुन् । 

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय स्वास्थय मन्त्री हर्षवर्धन, केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप पुरी, विदेश मन्त्री एस जयशंकर लगायतको समूह गठन गरिएको छ । 

लगातार कोरोना भाइरसको रोकथामको तयारीको समीक्षा गर्नलाई समूह गठन गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ