arrow

'केजरीवाल रूखमा झुण्डिए, हनुमान चालीसा पढेपनि चुनाव हार्दैछन् '

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
ravikshan.jpg

काठमाडौं । दिल्ली विधानसभा चुनाव २०२० को अभियान अगाडि बढेसँगै विवादित बयान आउन थालेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हनुमान चालीसा पढ्ने बिषयमा भाजपा नेताहरूले प्रतिक्रिया दिइरहेका छन् ।

उत्तर प्रदेशको गोरखपुर लोकसभा सीटका भाजपा सांसद रवि किशनले जवाफमा भने - 'अचानक अरविन्द केजरीवाललाई शाहीन बागमा बिरयानी खुवाएपछि अब उनलाई याद आयो कि म हिन्दू हुँ। उनीहरूले हनुमान जीलाई बेवकुफ बनाउन सक्दैनन्, हनुमान चालीसा पढुन् वा रूखमा उल्टो झुण्डिन् तर उनी चुनाव हार्दैछन्। '

 मोडल टाउन विधानसभा क्षेत्रका भाजपा उम्मेदवार कपिल मिश्राले विवादास्पद ट्वीट गरेका थिए । उनले ट्वीटमा लेखे- 'केजरीवालले हनुमान चालीसा पढिरहेछन् र अब ओवैसी पनि पढ्नेछन्।'

दिल्ली चुनावलाई ध्यानमा राख्दै अपाङ र वृद्ध मतदाताहरूलाई यातायात सुविधा उपलब्ध गराउने निर्णय गरिएको  छ। यो सुविधा प्राप्त गर्नका लागि मतदाताले फेब्रुअरी सम्ममा दर्ता गर्न सक्नेछन् ।

कांग्रेसको अंतरिम अध्यक्ष सोनिया गान्धीले ५ फेब्रुअरीमा आयोजना गर्ने भनिएको जुलुस रद्द हुन सक्ने देखिएको छ । अध्यक्ष सोनिया गान्धी पछिल्लो समय विमारी छन् ।

दिल्ली विधानसभा चुनावलाई ध्यानमा राख्दै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्री अमित शाह, राहुल गान्धी-प्रियंका गान्धी र अरविन्द केजरीवाल लगायत दर्जनौंभन्दा बढी अनुभवि नेताहरूले जुलुस, जनसभा र रोड शो मार्फत उम्मेदवारहरूको लागि भोट माग्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ