arrow

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ २१ मंगलबार
afghanistan-map-geo.jpg

अफगानिस्तान। अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ।

प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिए।

उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताए। तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहेका थिए। उनको नेतृत्वमा गाउँमा प्रतिरोध समूह गठन गरिएको थियो। 

सन् २००१ मा अमेरिकी आक्रमणबाट तालिबानको सरकार पतन भएसँगै तालिबान समूहले सशस्त्र हिंसात्मक आक्रमण जारी राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ