arrow

पेरिस आक्रमण आइएसले गराएको फ्रेन्च राष्ट्रपतिको आरोप

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1768412484.jpeg

एजेन्सी । फ्रेन्च राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले पेरिस आक्रमण इस्लामिक स्टेट आइएसले योजनावद्ध रुपमा गराएको आरोप लगाएका छन् । उनले आठ बन्दुकधारीले र आत्मघाती आक्रमणकारीले बाहिरबाट आयोजित योजना अनुसार आक्रमण गरेको जिकिर गरेका छन् ।

अन्तर्राष्ट्रिय विभिन्न संचारमाध्यममा आइएसले घटनाको जिम्मेवारी लिएको खबर आईरहेका छन् । यद्यपि, फ्रेन्च सरकारले घटनाको यकिन जिम्मेवार पुष्टी गर्न सकेको छैन । फ्रेन्च अधिकारीहरुले एक आत्मघाती आक्रमणकारीको शव खानतलासीमा सिरियाको पासपोर्ट भेटिएको पुष्टी गरेका छन् ।

पेरिसका विभिन्न स्थानमा भएको गोली प्रहार र विस्फोटमा परी कम्तिमा १ सय ३० जनाको मृत्यु भएपछि राष्ट्रपतिले मुलुकभर संकटकाल र तीनदिने शोकको घोषणा गरेका छन् ।स्थानीय समयअनुसार शुक्रबार रातिको ९ बजे बन्दुकधारीहरुले १५ सय सिट क्षमताको बताक्लान कन्सर्ट हलमा आक्रमण गर्दा ८० जनाको मृत्यु भयो । आक्रमणमा २ सय बढी  घाइते भएका छन् ।

यस्तै, पेरिसस्थित एक रेस्टुरेन्ट र अरु पाँच स्थानमा रहेका बारमा पनि बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ । आक्रमणहरुमा संलग्न ८ आक्रमणकारी मध्ये ७ जनाले आत्मघाती विष्फोट गराएका थिए भने एकजना सुरक्षा कारबाहीमा मारिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ