arrow

बोनम्यारो पिडित मनोजका लागि बिपिनको फिल्म देखाइने

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
photo_(13).jpg

काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ अभिनेता बिपिन कार्कीको फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो ।

बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको अहिले शो रोगको उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ ।
 
‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको बिषेश शो गर्न लागिएको हो ।’

बिषेश शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ ।

बिषेश शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ । उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजक मोडलिङ संघका अध्यक्ष शाहीले जानकारी दिए । संघले केही समयपछि अमेरिकामा पनि एक सम्मान कार्यक्रमको आयोजना गर्दैछ । जसको घोषणा एक कार्यक्रमका बिच हुनेछ ।

‘सेल्फी किङ्ग’ अभिनेता बिपिन कार्कीले हाँस्यकलाकारको भुमिका निर्बाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हास्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।

दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ