arrow

वडाध्यक्ष धामी हत्याको वास्तविकता छानबिन गर्न संसदमा माग

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
congress-dhami-killed.jpg

काठमाडौं । अछाममा नेपाली कांग्रेसबाट निवार्चित पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्याको वास्तविकता छानबिन गर्न संसदमा माग गरिएको छ ।

 प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समय लिएर सांसद पुष्पा भुसाल गौतमले वास्तविकता छानबिन गर्न माग गरिन् ।  

गौतमले भनिन् ,' अछाम जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष पदमबहादुर धामीको निर्ममतापूर्वक हत्या गरिएको, स्थानीयवासीले शव उठाउन नदिएकाले सुरक्षाकर्मी पठाई त्यसको वास्तविकता के हो ? छानबिन गर्न माग गर्दछु ।'

धामीको शव नगरपालिकाको २ नम्बर वडाको उनको घर नजिकै हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो ।  हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ । ४० बर्षिय धामीको हत्या गरिएको क्षतविक्षत शव फेला परेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ