arrow

पटवालको राजीनामाले दुखाएको मन

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
umesh-patwal.jpg

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिताको मुखैमा आएर राजीनामा दिएका छन् । उनको राजीनामाले क्रिकेट खेलाडी, क्यान पदाधिकारी मात्र नभएर क्रिकेटप्रेमीको मन दुखाएको छ । पटवालको राजीनामा खेलाडीको मनोबल घटाउने उद्देश्यले आएको क्रिकेट प्रशंसकको बुझाइ छ ।

पोखरा बन्द प्रशिक्षणकै क्रममा पटवालले राजीनामा दिने बताउँदै आए पनि क्यान पदाधिकारी सो कुरा सिरिजअघि सार्वजनिक नहोस् भन्ने चाहन्थे । “राजीनामा दिए पनि सिरिजअघि सार्वजनिक नभइदिएको भए हुन्थ्यो हाम्रो चाहना थियो, एक्कासि सार्वजनिक भयो, यसले सबैको ध्यान अन्यत्र मोड्यो”, खेल पत्रकारले खचाखच भरिएको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चन्दले भने, “राजीनामाले नेपालको खेल प्रदर्शनमा असर पर्दैन ।”

क्यान महासचिव प्याकुरेलले पटवालको राजीनामाबारे आइसीसी र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने बताए । “क्यान निलम्बन हुँदा आइसीसीले प्रशिक्षक नियुक्त गरेका हो, यसबारे आइसीसी र राखेपले बोल्नुपर्छ ।” क्यान निलम्बनका बेला पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो । उनले चार महिनाअघि नै राजीनामा दिए ।

 पत्रकार सम्मेलनमा पटवालको राजीनामाबारे प्रश्न तेस्र्याउँदै नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल अकमकिए। उनले पटवालले आफूहरुलाई राजीनामाबारे जानकारी गराएको तर टोलीको ध्यान अहिले पूरै सिरिजतर्फ केन्द्रित रहेको बताए । नेपाललाई विश्वकपसम्म पुर्याउने लक्ष्य लिएका कप्तान मल्ल ओमान र अमेरिकी टोलीका कप्तानका अघिल्तिर प्रशिक्षक पटवालको राजीनामाले एकछिन अलमलमा परे।

  “हामी उत्साहित छौँ, घरेलु मैदानको फाइदा उठाउन चाहन्छौँ, समर्थकलाई निरास हुन दिन्नौँ”, कप्तान मल्लले भने । राखेपको पहलमा आइसीसीले पटवाललाई गत जेठमा मासिक सात हजार डलर पारिश्रमिक दिने गरी एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ