arrow

प्रदेश दुईमा थप ७ वटा कानून निर्माण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ २२ बुधबार
sssddd.JPG

जनकपुर । प्रदेश नम्बर दुईका प्रदेश सभा गठन भएको मंगलबार २ वर्ष पूरा भएको छ । पहिलो वर्षमा १६ वटा कानून निर्माण गरेको  प्रदेश सभाले दोस्रो वर्षमा थप ७ वटा कानून निर्माण गरेको छ।

प्रदेश सभाबाट अहिलेसम्म मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी विधेयक, प्रदेशको सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धमा बनेको विधेयक लगायतका विधेयकहरु पारित भइसकेका हुन् ।यी विधेयकहरुलाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रमाणिकरण समेत गरेका थिए ।

गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी विधेयक, गाउँपालिका, नगरपालिका र जिल्लासभा सञ्चालन कार्यविधि,  प्रदेश सभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक, सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी विधेयक, दलित सशक्तीकरण विधेयक लगायतका विधेयकहरु पारित भईसकेका छन्।अझै केही कानून प्रमाणीकरण हुन बाँकी रहेका हुन् । नेपालको संविधान २०७२ मा टेकेर भएको प्रदेश सभा निर्वाचनबाट प्रदेश सभा गठन भएको थियो ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकास प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संकल्प रहेको बताएका छन्।मंगलबार प्रदेश सभाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सभामा प्रतिपक्षी दलले खेलेको भूमिको सराहना रहेका बताए ।

अहिलेको एतिहासिक जिम्मेवारीमा प्रदेश सरकार र प्रदेश सभामा रहेको बोल्दै मुख्यमन्त्री राउत अहिले बसालिने परम्पराले प्रदेश नम्बर दुईलाई दिर्घकाल सम्म दिशानिर्देश गर्ने भएकोले उक्त जिम्मेवारी पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका हुन्।कार्यक्रममा मुख्यमन्त्री राउतले विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढन् सरकारका मन्त्रीहरुलाई निर्देशन समेत दिए।

साथै मुख्यमन्त्री राउतले प्रदेश सरकारमा प्रतिपक्षीहरुले गर्दै आएको सहयोग बारे धन्यवाद दिदैं भने प्रतिपक्षी दलको भूमिका निकै सकारात्मक छ, तर हामीमै केही कमी कमजोरी भएको कारण हामीलाई कलंकित हुने अवस्था उत्पन्न भएको छ, यसबाट सबै मन्त्रीले सचेत भई आगामी दिनका कार्ययोजना बनाएर अघि बढनुपर्नेछ ।

प्रदेश सभा वार्षिकोत्सवको विरोधस्वरुप बक्यौता रहेका रकम भुक्तानीका उपभोक्ता समितिहरुले प्रदेश सभा भवन अगाडि धर्नामा बसेका थिए। गएको आर्थिक वर्षको ४२ वटा योजनाको करीब ८३ करोड रुपैया भुक्तानी गर्न बांकी रहेका छन्।
कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने हामी संघीय सरकारसँग सहकार्य गरेर अघि बढन चाहि रहेका छौं तर सबै अधिकार आफ्नै जिम्मा राखेर थिच्चो मिच्चो गरेर प्रदेशलाई असफल बनाउन प्रयास गरिरहेका बताए ।

प्रदेश नम्बर दुईका सभामुख सरोज कुमार यादवको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख तिलक परियार, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका उपनेता राम कुमार यादव सहितले शुभकामना मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ