arrow

पहिलो खेलमा नेपाल ओमानसँग पराजित

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
kiripur-cricket.jpg

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानले नेपाललाई १८ रनले पराजित गरेको हो।

१ सय ९८ रन पच्छ्याएको नेपाल १ सय ७९ रनमा समेटिएको थियो। नेपालका लागि शरद भेसावकरले ५५ रन बनाएका थिए भने दिपेनद्र सिंह ऐरीले ३६ रनको योगदान गरेका थिए।

त्यसैगरि सन्दिप लामिछानेले २८ र बिनोद भण्डारीले २६ रन बनाएका थिए। बलिङमा विकेट लिन नसकेका सन्दिपले ब्याटिङबाट नेपालले जित्ने संभावनाको ढोका खोलेका थिए।

नेपालको सुरुवात खराब रहेको थियो। टोलीको स्कोर चार रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का दुई ओपनरलाई गुमाएको थियो। ज्ञानेन्द्रले १ रन बनाएका थिए भने पारसले तीन मात्र।

ओमानका जेसान मकसुदले ३ वेकट लिएका थिए। त्यसैगरि कालेमुल्लाहले २ विकेट लिएका थिए।   

पहिलो पारीमा करण केसी र सुसान्त भारीको उत्कृष्ट बलिङको परिणाम नेपालले ओमानलाई मध्यम स्तरको स्कोरमा समेट्न सफल रहेको छ।

निर्धारित ५० ओभरको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको छ। नेपालको कसिलो बलिङ र छरितो फिल्डिङले ओमान समेटिएको हो।

सुसान भारीले कसिलो बलिङ गर्दै १० ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर तीन विकेट लिएका थिए। त्यसैगरि करणले ९ ओभर बलिङ गर्दै ४५ रन खर्चेर ४ वेकट लिएका थिए।दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए।

त्यसैगरि स्टार बलर सन्दिप लामिछानेले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर कुनै विकेट लिन सकेनन्। पुर्व कप्तान पारस खड्काले ७ ओभर बलिङ गर्दै १ मेडन सहित ३० रन खर्चेर कुनै विकेट लिएनन्।

ओमानका लागि मोहम्मद नदिमले आउट नभई ६९ रन बनाएका थिए। त्यसैगरि सन्दिप गौडले ३३ र नसिम खूशीले २८ रनको योगदान बनाएका थिए।

आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा अहिले नेपाल र ओमान भिडिरहेका छन् । त्रिकोणात्मक सिरिज अन्तर्गतको कीर्तिपुरमा भइरहेको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ