arrow

छोरालाई लिएर सैफ करीनाका यस्ता चर्चा

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
kareena_and_taimur.png

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमूरको चर्चा प्राय छाइरहेको हुन्छ । पछिल्लो समय अभिनेत्री करीना कपूरले छोरा तैमूर आफ्नी प्रेमिकासँगै घरमा आए भने उनको प्रतिक्रिया कस्तो हुनेछ सो बिषयमा बताएकी छन् ।  करीनाले  रेडियो च्याट शोमा यस्तो उत्तर दिएकी हुन् ।

कार्यक्रमको एक रमाईलो अंशमा, केहि प्रश्नहरू सोधियो जसको जवाफहरू 'सुरक्षित ' र 'असुरक्षित' मा दिनु थियो ।  करीनाले तापसी पन्नूलाई सोधिन् - यदि तपाईंको छोरा आफ्नी प्रेमिकासँगै घर आउछन् भने तपाईं के भन्नुहुन्छ?' होस्टको रूपमा  कार्यक्रममा करीनाले आफ्नो पाहुना तापसी पन्नूलाई यो प्रश्न सोधेकी थिइन।

 यसमा, ताप्सीले भनिन् उनले अहिलेसम्म बिहे गरी सकेकी छैनन र उनको छोरा पनि छैन त्यसैले करीनाले उनलाई यसमा सहयोग गर्नुपर्छ। तापसीले भनिन् उनी छोराको प्रेमिकालाई पराठा दिएर स्वागत गनेछिन।

करीनाले भनिन् यदि उनका छोराले प्रेमिकालाई घरमा ल्याए भने उनको उत्तर हुनेछ 'धेरै असुरक्षित' । अर्थात करीनाले आफ्नो छोराको प्रेमिकालाई घरमा ल्याउन दिने छैनन् ।  ल्याए खेदाउनेछिन् ।

हालै सैफ अली खानले आफ्नो छोरा तैमूरको बारेमा पनि  रोचक खुलासा गरेका थिए । यसका साथै उनले करीनामाथि पनि आरोप लगाएका थिए ।

सैफ अली खानले  एक अन्तर्वार्तामा तैमूरको बारेमा कुरा गरेका थिए । उनी भन्छन्- करीनाले तैमूरलाई बिगारिन् किनकि तैमूर उनको पहिलो सन्तान हो ।

 सैफले एउटा घटना बारे सुनाए‍- 'भर्खरै कसैले पहिलो पटक तैमुरलाई केहि गर्न रोक लगाए, तब उनले भने म तिमीलाई मन पराउँदिन, म तिमीलाई लात हानेर टाउको फुटाउनेछु ।'

 सैफ भन्छन् -मलाई थाहा छैन तैमूरले यी सबै कुरा कहाँबाट सिकिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ